प्रथम भर्चुअल तेक्वान्दो प्रतियोगितामा बागलुङका विष्ट तेस्रो

आदर्श अनलाइन,बागलुङ

जिल्लाका आइटिएफ प्रशिक्षक समेत रहेका नन्दु विष्टले कोरोना भयावहकै बीच उपाधि हात पारेका छन् ।

प्रथम काठमाण्डौं भर्चुअल तेक्वान्दो प्रतियोगितामा बागलुङमा लामो समयदेखि आइटिएफमा खेल तथा प्रशिक्षणमा सक्रिय नन्दु विष्टले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

काठमाण्डौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितमा ४० वर्ष मुनिको पुम्से तर्फ विष्टले तेस्रो स्थान हासिल गरेका हुन् । विष्टको समुहमा सुरज श्रेष्ठ प्रथम र रामचन्द्र व्यञ्जनकारले दोस्रो स्थान हासिल गरेको संघले जनाएको छ।

बागलुङ तेक्वान्दो डोजाङबाट विष्ट सहभागी हुनुभएको थियो । प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का २ स्वर्ण विजेता सहित १७० खेलाडीको सहभागिता रहेको विष्टले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *