बागलुङ बजारमा ‘सक्नेले दिएर जाउँ,नसक्नेले लिएर जाउँ’अभियान

आदर्श अनलाइन, बागलुङ

लियो क्लव अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘सक्नेले दिएर जाउँ, नसक्नेले लिएर जाउँ’ अभियान सुरु गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैसलएको कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकलाइ लक्षित गरि यो अभियान सुरु गरिएको हो । ।

अभियान अन्तरगत पहिलो दिन जीप पार्कमा राखिएको छ । जहाँ स्वतः स्फुर्त सहयोग संकलन र बितरणको काम भइरहेको कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । संकटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उहाँको भनाई छ ।पहिलो दिन दैनिक जिविका चलाउन कठिन भएका ४३ जनालाई राहत सामग्री बितरण गरिएको संयोजक घिमिरले जानकारी दिनुभयो ।

अभियानका क्रममा सोमवार लोकतान्त्रिक चोकमा कार्यक्रम गरिने र प्राप्त सहयोग अनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष क्लवका अध्यक्ष सन्देश बोगटीले बताउनुभयो । क्लवले संचालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *