के नेपाली समाजले सहसोपचार र सहिष्णुता गुमाएकै हो ?

सरोजराज पन्त

विश्व आज कोरोना भाइरससँग विछिप्त अवस्थामा सघर्ष गरिरहेको छ । कोरोनाको कारण जनजीवन अस्तव्यस्त छ । लाखौँ मानिसको ज्यान लिने गरी आएको यो कोरोनाका कारण नेपालमा पनि लामो समयदेखि लकडाउन र सटडाउनमा भोग्नु परेको त छदैछ ।

कोरोनाबाट बच्न अपनाइएका लकडाउन, निषेधआज्ञा र सुरक्षाका बिधिहरु प्रति सकरात्मक चिन्तन भन्दा नकरात्मक बिचारहरु बढी बाहिर आउने गरेका छन । आफुलाई बाहेक अरु सबैलाई कोरोना लागेको हुनसक्छ सर्तक बनैँ भन्दै बच्न लकडाउन, निषेधआज्ञा, सामाजिक दुरी, भौतिक दुरी कायम गरौँ भन्ने सन्देशलाई समाजले सकरात्मक रुपमामात्र लिनु पर्नेमा नकरात्मक रुपमा लिएको कारण बिविध सामाजिक समस्याहरु सृजना भएका छन ।

यसले सामाजिक, आर्थिक, सास्कृतिक, मनोवैज्ञानिक रुपमा मानिसलाई तहस नहस बनाएको छ भने रोगले भन्दा भोक, शोक र सामाजिक तिरस्कारका कारण मर्ने खतरा बढदै गएको छ । कोरोनाको कारण जनजीवन कष्टकर बन्दै गएको छ । लकडाउन र निषेधआज्ञाले गर्दा देशको अर्थतन्त्रमात्र होइन यसले देशको सम्रग प्रणालीमा आघात पु¥याएको छ । हजारौँ नेपालीहरु कोरोना सक्रमित भएका छन । अहिलेसम्म सवा दुई सय भन्दा बढी नेपालीको अमूल्य जीवन यसले समाप्त पारेको छ । दिनहुँ स्कूलजाने कलिला बालबालिकाहरु देखि कलेज पढने युवायुवतीहरु घरमा थुनिएर बस्नुपर्दा मनोवैज्ञानिक असरमा जीउनविवश रहेका छन् । महामारीसँगै देशमा अनेकौ समस्याहरु सृजना भएका छन जसमा कालो बजारी, भष्टा«चार, खाध्य सामग्री र दुग्ध पदार्थको मुल्य बृद्धि, शक्तिको दुरुपयोग आदिले गर्दा लाखौ नागरिकमा तनाव थपिदियो, जसले गर्दा मानिसहरु जीवनबाट आजित भएर आत्महत्या र केहीले लाइव आत्महत्या गरेका छन । सुत्केरी महिलालाई अपरेसन गर्न पनि पिसिआर रिपोट खोजिएको समाचार बाहिर आएपछि स्वास्थ्यकर्मी र अस्पतालको आलोचना भएको छ । आईसियुमा राख्नै पर्ने बिरामीलाई पिसिआर रिर्पोट नभएकोले उपचार नगरी आकस्मिक विभागमै ज्यान गएको छ । कोरोनाकोे संक्रमण अहिले समुदाय स्तरमा प्रवेश गरेको छ तथापि पिसिआर टेष्टको दायरा बढन सकेको छैन । सरकारले पिसिआर टेष्ट महगो भएकोले पिसिआर टेष्टको लागि दबाब नदिन र लक्षण नदेखिएका बिरामीलाई घरमै सुरक्षित रुपमा होम आइसोलेसनमा बस्न जनतालाई आग्रह गरेको छ ।

बेसारले मानिसको आँखा त लाग्दैन भने किटाणु कसरी प्रवेश गर्दछ भन्ने भनाई देखि बेसार पानी, तातो पानी खाने हाछयु साछयु गर्ने कोरोना भगाउने खवर मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेका छन । मेडिकल सामग्री खरिदमा अनियमितता, भष्टा«चार भएको आदि समस्याहरुका समाचारहरु सेलाउन नपाउदै उपचारमा अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मी माथि हातपात भएका, हातखुट्टा भाँच्नेसम्म चेतावनी दिने, घेराउ गर्दै आवागमनका क्रममा अबरोध गर्ने, स्वास्थ्यकर्मीलाई घरबाट निकाल्न दबाब दिएर दुःख दिने, हेला गर्ने, संक्रमितको घर भन्दै ब्यानर टाँग्ने, हतोत्साही बनाउने गरेका समाचारहरुले हामी सबैको मनमुटु चुडाएकोमात्र छैन आँखा रसाएका छन ।

यस्ता सामाजिक समस्याबाट गुज्रिरहेको समाज अहिले निस्वार्थ अहोरात्र खटिरहने स्वास्थ्यकर्मीसँग लडिरहेको सुन्दा यति बिक्षिप्त बनाएको छ । स्वास्थ्यकर्मी माथि कुटपिट, हुँदाहुँदा उनीहरुलाई घरबाट निकाल्ने, सामाजिक बहिष्कार गर्ने चेताबनी सहित स्थानीयवासीले दबाब दिदै आएका छन । हामीहरु समाज परिवर्तशील छ यो निरन्तर परिर्वतन भईरहन्छ भनी अध्ययन गरिरहेका छाँै । बिगतदेखि वर्तमानसम्म भएका परिवर्तनलाई हेर्दा समाज परिपक्क भएको ठानिय पनि दुव्र्यवहारले गर्दा चेतना स्तर माथि नउठेको आभाष हुन्छ । कोरोना संक्रमणको कारणले भन्दा अहिले सामाजिक व्यवहारले सिर्जेका जटिलताका कारण समाजमा दुव्र्यवहारभएका छन । त्यो पनि शिक्षित पढेलेखेको सहरी क्षेत्रमा यस्ता प्रकृतिका घटना दिनहुँ हुनुले नागरिक सचेतनाको स्तर माथि अनेकौ प्रश्न उठेका छन ।

नागरिकको जीवनरक्षा गर्न रातोदिन अग्रमोर्चामा निस्वार्थ खटिएका स्वास्थ्यकर्मी प्रति सद्भाव, आदार, सम्मान राख्नुको सट्टा दुव्र्यवहार भइरहनुले हाम्रो समाजमा मानवता, सहसोपचार र सहिष्णुता गुमेको मात्र छैन रक्षक र भक्षक छुट्टाउन समेत असफल भएको स्पष्ट हुन्छ ।
समाजका हरेक पेशा आफनो ठाउँमा महत्पुर्ण छन ती मध्ये स्वास्थ्यकर्मीहरुको पेशा तुलनात्मक रुपमा थप महत्पुर्ण र सम्मानित छ र हुनु पर्दछ । संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमणका घटना हुनु अमानवीय र आपराधिक गतिविधि हुन् ।

यो कोरोना महामारी विरुद्धको लडाईमा अग्रपंक्तिमा अनवरत खटिने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी र सवारी चालकहरू अहिले सेवा गर्दा गर्दे शंकास्पद रुपमा दिनहुँ संक्रमित हुन विवश छन । यो अबस्था आउनुमा उनीहरु संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले हो भन्ने कुराको वास्तविकता व्यतिm र समाजले किन बुझेन ? उनीहरुलाई बढी जोखिममा पार्ने हामीहरु हौँ किनकि माक्स नलगाई लखर लखर बेकाममा पनि बाहिर निस्कने, सामाजिक दुरी कायम नगर्ने, भिडभाडमा हिडने, प्रहरीलाई देखेमात्र माक्स लगाउने आदि कारणले संक्रमित र बिरामी भएकोले संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मी उपचारमा खटनु परेको हो भनी समाजले किन बुझन सकेन र उनीहरु माथि अमानवीय रुपमा दुर्वयवहार तथा आक्रमण भएका छन ।

स्वास्थ्यकर्मीले यस्तो जोखिमपूर्ण काम किन, कसलाई र केका लागि गरेका हुन भन्ने कुरा साँच्चि व्यक्ति र समाजले नबुझेकै अबस्था हो त ? यस्तो कठिन समयमा किन स्वास्थ्यकर्मीलाई हातपात, गालीगलौज र दुर्वयवहार गरियो ? हाम्रो समाज कति सम्वेदनशील छ सहज अबस्थामा छोरा छोरीलाई डाक्टर बनोस भन्ने नेपाली परिवार र समाजमा अहिले किन डाक्टरलाई नै तिरस्कृत गर्दछ ? यसरी सम्वेदना, मानवता बिहिन भएर लाग्ने हो भने आफु बिरामी हुँदा कसले उपचार गर्ने ? आदि प्रश्नहरु मनसपटलमा उठने गरेका छन ।

स्वास्थ्यकर्मीको अथक मेहनतका बाबजुध पनि नेपालमा कोरोना संक्रमण र मृत्युदर बढदो क्रममा छ यदि उनीहरुको मनोवल कमजोर भएमा, हातखुट्टा भाँच्नेसम्म चेतावनी दिएमा, घेराउ गर्दै गएमा, आवागमनका क्रममा अबरोध गर्ने, स्वास्थ्यकर्मीलाई घरबाट निकाल्न दबाब दिएमा, दुःख दिने, हेला गर्नु, संक्रमितको घर भन्दै ब्यानर टाँग्न लगाएमा, हतोत्साह र लाञ्छना लगाउने गरेमा कोरोना रोगले भन्दा समाजले मार्ने उनीहरुसँगै हामी सबै मर्ने छौँ । विश्वका अन्य मुलुकमा स्वास्थ्यकर्मीलाई अत्यन्त सम्मान गरिन्छ र उच्च मनोवलका कारण सहज स्वास्थ्य सेवा प्रवाह भइरहन्छ । उनीहरुको मनोवल बढाउन र उत्प्रेरित गर्न बाजा बजाउने, दियो बाल्ने, थपडी बजाउने गरेको पाइन्छ । हाम्रो समाजमा भने त्यसको ठीक उल्टोभएको छ र स्वास्थ्यकर्मी नै दुर्व्यवहारमा परिरहेका छन । नेपालमा शृंखलाबद्ध रूपमा दुर्व्यवहारका घटनाहरु बृद्धि भएका छन । कोरोना प्रेबेश भए देखि घर परिवार, दुधे बच्चा छाडेर सेवाका लागि होमिएका स्वास्थ्यकर्मीहरू दिनरात नभनी संक्रमितको उपचारमा खटिएका छन् । कतिपय स्वास्थ्यकर्मीले महिनौंदेखि परिवारसँग भेट गर्न नपाएको पीडा त छदै छ कतिपय आफ्नै ज्यान जोखिममा राखेर संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मी संक्रमितको सेवागर्दा गर्दे आफैँ संक्रमणमा पररे आईसीयूमा उपचाररत रहेको अबस्था छ ।

संक्रमणविहीन, संक्रमित र उपचारपछि संक्रमणमुक्त स्वास्थ्यकर्मीप्रतिको दृष्टिकोण नकारात्मक देखिएको छ । जस्तोसुकै व्यवहार भए पनि संक्रमणबाट मुक्त स्वास्थ्यकर्मी फेरि संक्रमितको उपचारमा दत्तचित्त भएर लागे पनि समाजको फरक बुझाई रहेको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी दिनहुँजसो संक्रमणमा पर्नु परेको छ ।

बिरामीको सेवामा निस्वार्थ खटिँदा आफैं संक्रमित हुनु परे पछि टोल, समाजबाट भइरहेको दुर्व्यवहारले कति दुःखी बनाउँछ होला यद्यपि त्यी सब भुलेर निको भएपछि स्वास्थ्यकर्मीले ती सव तनाव बिर्सेर निरन्तर सेवा दिइरहेको पाइन्छ । विश्वमा स्वास्थ्यकर्मी उत्पादन गर्ने शिक्षक र स्वास्थ्यकर्मीलाई आदर सम्मान गरिन्छ । कोरोनाको भ्याक्सीन बनेपछि सर्व प्रथम स्वास्थ्यकर्मी र शिक्षकलाई लगाउने रुसको प्रतिबद्धताबाट पनि मानब बचाउने स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मी उत्पादन गर्ने शिक्षकहरुको महत्व स्पष्ट हुन्छ । शिक्षक र स्वास्थ्यकर्मी कुनै सामान्य जनशतिm होइनन भन्ने कुरामा समाज र राष्ट्र सदैव गम्भीर हुनु पर्नेमा नेपाली समाज र सरकार गम्भीर देखिदैन ।

कुनै बस्तु, सामान, औषधिको अभाब भए खरिद गर्न सकिन्छ सरसापट गर्न सकिन्छ तर स्वास्थ्यकर्मीको अभाब सहज टार्न, रिप्लेस गर्न, प्राप्त गर्न सकिदैन । त्यसैले स्वास्थ्यकर्मीलाई यस्ता कुनै पनि दुव्यवहार नगरी मनोबल बढाउनुपर्छ । चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि सुरक्षासम्बन्धी सामग्री उपलब्ध गराएर, सही सूचना दिएर, स्वास्थ्यकर्मी तथा बिरामी र उनीहरुको परिवारको मनोबल उच्च बनाउन सके मात्र कोरोना नियन्त्रण अभियान प्रभावकारी हुन्छ ।

कोरोना संक्रमण वृद्धिसँगै हामीहरुको भावनात्मक सम्बन्धको दूरी बढेको छ । त्यसैले भावनात्मक दूरी निकट राखी, भौतिक दुरी कायमगरी कोरोनासँग लडनु आजको आवश्यकता हो । मिलिजुली बसेको नेपाली समाजमा कोरोनाले सामाजिक दूरी कायम गर्ने नाममा विभेद सृजना गरेको छ । सामाजिक दूरी कायम गर्ने सन्देशलाई हाम्रो समाजले एकअर्काको घृणागर्नु पर्दछ भन्ने भावना पैदा गरिदियो । समयमानै कोरोनाका बारेमा पर्याप्त सत्य तथ्य सुचना समयमा समाजका सबै तह र वर्गमा सकरात्मक रुपमा प्रसार भएन । सामाजिक दूरीलाई नकरात्मक रुपमा बुझियो तर सकरात्मक रुपमा बुझाउन सकिएन त्यसैले समाजमा फरक व्यवहार देखिन पुगेको पाइन्छ ।
यसैगरी कोरोना संक्रमण कसरी सर्दछ र कसरी सर्देन भन्ने बारे सही सूचना समयमा प्रवाह हुन नसक्दा धेरै अन्योल सृजना भएका छन् । कहिले हावाबाट सर्दछ, तरकारी फलफुल, सरसामान आदिबाट सर्दछ भनेर सुरुवाती चरणमा धेरै मानिस त्रसित भए । कोरोना संक्रमणबारे समयमा पर्याप्त जनचेतना पुगेन । सर्वसाधारणले सजिलो गरी बुझ्ने गरी सचेतना र जनचेतना फैलाउन सकिएन त्यसैले व्यतिm र समाजमा छुद्र व्यवहार देखियो । अब कोरोना भाइरससँग जुध्नु, दैनिक व्यवहार परिवर्तन गर्नु र कोभिडसँग बाँच्न सिक्नु, खानपानमा ध्यान दिने, भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र दैनिक सरसफाईमा विशेष ध्यान दिनु अत्यन्त जरुरी भैसकेको छ ।

यसैगरी अहिले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकोले पोजिटिभ बिरामी थपिदै जादा अस्पतालमा जोखिम बढेको छ । यस्तो बिषम अबस्थामा सम्मान गर्नुपर्ने स्वास्थ्यकर्मीलाई हातपात, तिरस्कार, अपमानगरी मनोवल खस्काउँने काम नगरी थप सङ्क्रमण हुने खतरा रोक्न र कोरोनासँग डटेर लडन स्वास्थ्य, गृह र अर्थ मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारबीचमा निरन्तर समन्वय आबस्यक छ । सत्य तथ्य सुचनाको प्रवाह, हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसन तथा सुरक्षा व्यवस्था गरी थप श्रोतसाधन पहिचान र व्यवस्थापन गरी कार्य सम्पादन गर्न, समयमा रोगको पहिचान,परिक्षण र उपचार गर्न आवश्यक छ । मृत्यु पछि रिपोट आउने र पछि मलामी र सम्पर्कमा रहेका व्यतिm खोज्ने गल्ती अब दोहोरिनु हुदैन । बिरामीको उचित उपचार गर्न सर्बप्रथम स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित राख्नु पर्दछ भने स्वास्थ्यकर्मी , डाक्टर तथा नर्सहरुको पनि इमान्दार भई कुनै भेदभाव,पक्षपात नगरी इमानदारी पवित्र सम्बन्ध बनाएर काम गर्नु पर्दछ ।

पोजिटिभ बिरामी भर्ना भएका अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा संक्रमण दिनहँु संक्रमित भएकोले अस्पतालको ओपीडी र वार्डमा काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा सुरक्षा सामग्री उपलब्ध गराउन र अभाव हुन नदिन अत्यन्त आबस्यक छ । चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पनि बिरामीको जाँचगर्दा मास्क, टोपी, चस्मा, भाइजर, वाटर पुर्फ गाउन, क्लोज सुज सहित फुल पीपीई लगाएर थप सुरक्षा अपनाउन आबस्यक देखिन्छ । यसैगरी देशका सबै अस्पतालमा कोभिड १९ को उपचार गर्ने परिपाटिले गर्दा थप व्ययभार र संक्रमण बढ्को छ भने अस्पतालले एक जना संक्रमितको उपचार गर्न आवश्यक न्युनतम स्रोत र सामग्रीको व्यवस्थापन, प्रसस्त सावधानी र तयारी गर्नु पर्ने हुदा छुट्टै सेन्टर बनाउँदा अस्पतालमा एक जनाको उपचारका लागि गरिने तयारीमा लाग्ने खर्चले छुट्टै सेन्टरमा दसौ जनाको उपचार गर्न सकिने भएकोले यसतर्फ समयमै ध्यान दिनु जरुरी छ । यो समयमा अरु देशका उपलव्धि, सफलता, उपचारका तौर तरिका र अनुभवबाट सिक्न विज्ञहरुका कुरा सुन्न, मेडिकल जर्नल, पत्रपत्रिका, अनलाइन पोर्टल आदिको अध्ययन गर्न आवश्यक छ । मिडिया,सामाजिक सञ्जालले त्रास, भ्रम सृजना गर्ने समाचार प्रसार नगरी सकरात्मक भुमिका खेल्नु अनिवार्य भएको छ । यसैगरी अर्कालाई देखाउन मात्र माक्स लगाउने होइन, सही ढगले आफनै लागि लगाउने हो, लकडाउन, निषेधआज्ञा र सुरक्षाका बिधिहरु आफनै लागि हो भन्ने बिषयमा व्यतिm सचेत हुनुपर्ने र नागरिक समाजले पनि यस बिषयमा विशेष ध्यान दिई व्यापक सचेतना फैलाउनु पर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *