मुस्ताङ मुक्तिनाथको जिम्मा स्थानीय सरकारलाई दिन माग

हिमाल पारिको जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ क्षेत्रको विकास र संरक्षण गर्ने जिम्मेवारी र अधिकार स्थानीय सरकारलाई दिन माग गरेका छन् ।

जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बुधबार गरेको सर्वपक्षीय भेलाले मुक्तिनाथ विकास समितिले लिएको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्ने निर्णय गरेको छ । यो मनिदर हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा धार्मिक स्थल हो । जहाँ बर्षेनी लाखौ तिर्थालु पुग्ने गरेका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी, ५ वडाका वडाअध्यक्ष तथा सदस्य, राजनितिक दलका प्रतिनिधि, गुम्बाका लामा र १९ वटै गाउँका स्थानीय अगुवा सहभागी थिए ।

बैठकले मुक्तिनाथ विकास समितिले सम्हाल्दै आएको मुक्तिनाथ विकास तथा संरक्षणको दायित्व स्थानीय तहले लिएमा मुक्तिनाथ क्षेत्रको विकास, संरक्षण र व्यवस्थापन दिगो हुने जनाइएको छ।

सर्वदलीय तथा सर्वपक्षीय भेलाले मुक्तिनाथ विकास समिति गाउँपालिका अन्तर्गत हुनुपर्ने र गाउँपालिका अन्तर्गत ल्याउनका लागि गाउँपालिकाका अध्यक्षको नेतृत्वमा स्थानीय प्रतिनिधि भएको समिति गठन निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो।

मुक्तिनाथ विकास समितिले लिएको कार्यभार स्थानीय तहलाई हस्तान्तरण हुनुपर्नेमा ५ वटै वडा एकमत छन्। भेलामा गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले मुक्तिनाथ विकास समितिले मुक्तिक्षेत्रको विकासमा कुनै योगदान गर्न नसकेको दाबी गर्नुभयो।

मुलुक संघीयतामा गएको र अधिकार गाउँमा भनिएकाले उक्त अधिकार प्रयोग गरेर गाउँपालिका भित्रको सामाजिक, धार्मिक र सास्कृतिक सम्पदा संरक्षण र विकास गर्न स्थानीय सरकार लागि परेको उहाँको भनाई छ । मुस्ताङका पत्रकार सुन्दर थकालीबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *