लमजुङका ७१ वर्षीया बृद्धासहित गण्डकी प्रदेशमा ७ संक्रमित थपिए

आदर्श अनलाइन, बागलुङ
लमजुङका ७१ बर्षीया बृद्धासहित गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाको वडा ६, ९ र १५ मा एक एक जना गरी ३ जना, लम्जुङमा १, तनहुँमा १ र गोर्खामा २ गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङकी ७१ बर्षीया बृद्धा महिलाको पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भैरहेको छ । अन्य सबै संक्रमितहरु कन्ट्र्याक ट्रेसिङका क्रममा पहिचान भएका हुन । गोरखाका दुवै महिलाहरुको परीक्षण भरतपुर अस्पताल चितवनमा गरीएको हो ।

दुवैजनालाई आईसोलेसनमा लगिसकिएको र अन्य संक्रमितहरुलाई लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *