आदर्श अनलाइन बागलुङ
गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरेको परीक्षणमा लम्जुङ बेशिसहरका ६ जना, भरतपुर अस्पताल प्रयोगशालामा गरेको परीक्षणमा गोरखाका २ जना, चितवन मेडिकल कलेजमा गरेको परीक्षणमा नवलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २१५७ पुगेको छ । हाल प्रदेशभर ४ सय ५१ सक्रिय संक्रमित रहेका छन् ।