बडिगाडका कोरोना संक्रमित दुई अध्यक्षको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका दुई जना कोरोना संक्रमित वडा अध्यक्षको रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुलाई डिस्चार्ज गरिने बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले जानकारी दिनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष मौसम काजी क्षेत्रीबो दोस्रो र वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङको पहिलो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेको उहाँको भनाई छ ।

वडा नम्बर ६ का अध्यक्ष क्षेत्री १७ दिन र वडा नम्बर ७ का अध्यक्ष गुरुङ १२ दिन आइशोलेसनको बसाईपछि डिस्चार्ज हुँदै छन् ।

दुई जना अध्यक्षको सम्पर्कमा आएका ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख कँडेलको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *