बागलुङ नगरपालिकाका १ सय २५ जनाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१० गलुवामा न्वारानको भोज खान गएका एक युवामा मात्रै संक्रमण भएको छ । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत भदौ ११ गते सङ्क्रमण पुष्टि भएका २३ वर्षीय युवाको क्लोज कन्ट्याक्ट ट्रेसिङमा परेका ७० जना मध्ये ६९ जनाको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो सहित बागलुङ नगरपालिका क्षेत्रका १ सय २५ जनाको कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नेगेटिभ आएको हो ।

नेपाली सेनाको लमजुङको गणमा कार्यरत २३ वर्षीय युवा छोरीको न्वारान गर्न बागलुङको गलुवा आएका युवामा संक्रमण देखिएको र उनकै क्लोज कन्ट्याक्टमा रहेका २५ वर्षीय युवामा मात्रै सङ्क्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

भोज आयोजना गर्ने युवामा नै सङ्क्रमण देखिएपछि भोजमा सहभागी ७० जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *