पोखरामा एकै वडामा कार्यरत २० सहित गण्डकीमा ३५ जनामा कोरोना

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा बुधवार विहान ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २२४५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३५ जना संक्रमित पुष्टि भएका हुन् ।

संक्रमित पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का एकै वडामा कार्यरत २० जना सहित २३ जना, नवपरासी ७, लमजुङका ४ र तनहुँका १ जना छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी(१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ९स्टाफनर्श० हुनुहुन्छ ्र कास्की जिल्ला, पोखरा महानगरपालिका(१७ का २० जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । लमजुङ जिल्ला, सुन्दरबजारका(२ का ५० बर्षीय पुरुष ओमानबाट आउनुभएको हो भने सुन्दरबजार(९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुनुहुन्छ । अन्य सबै व्यक्ति संक्रमितको सम्पर्कबाट पहिचान हुनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *