खोलाले बगाएर निसीखाेलामा एक बालिका बेपत्ता

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा खोलाले बगाउँदा एक ७ वर्षीया बालिका बेपत्ता भएकि छिन् ।

भल्कोट खोलाले बगाउँदा स्थानीय राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा मगर मङ्गलबार साँझ बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयाे।

साँझ पाँच बजे घरदेखि करिब २०० मिटर दुरी टाढा रहेको भल्कोट खोला किनारमा खेलिरहेकी बालिकालाई खोलाको बहाव अचानक वृद्धि हुँदा बगाएको हुन सक्ने बताइएकाे छ ।

स्थानीयसंग मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *