मुख्यमन्त्री गुरुङद्वारा दुख व्यक्त


–आदर्श अनलाइन, बागलुङ

बाढी पहिरोका कारण बागलुङमा भएको घटना प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुख व्यक्त गनुृभएको छ । जिल्लाको ढोरपाटन नगरपालिकाको भूजी खोलामा बुधबार राती आएको बढीले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षति प्रति गण्डकी प्रदेका मुख्यमन्त्री गुरुङले एक वक्तव्य जारी गर्दै दुख व्यक्त गर्नुभएको हो ।

गुरुङले दुखद् घटनामा ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘संकटको घडिमा खोजी, उद्दार, तथा उपचारमा खट्नेप्रति धन्यवाद व्यक्त गर्दछु’ वक्तव्यमा भनिएको छ ‘बाढी पहिरोमा परि वेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्दार तथा पुनस्थापनाका लागि सम्बन्धीत स्थानीय तहको ध्यानआर्कषण गर्दै प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ ।’

नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा हाल सम्म मृत्यु हुँनेको संख्या १२ पुगेको छ । यस्तै बाढीमा वेपत्ता हुँनेको संख्या ४१ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

१० जनाको शव क्षत विक्षत रुपमा फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *