बाढी प्रभावित क्षेत्र ढोरपाटन हिँडेका गृहमन्त्री बाटैबाट फिर्ता

आदर्श अनलाइन,बागलुङ

बाढी प्रभावित क्षेत्र जिल्लाको ढोरपाटन नगरपालिकामा राहत सहित हिँडेका गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बीच बाटोबाटै फिर्ता भएको छ ।

गएराति भुजीखोलामा बाढीले पु¥याएको क्षतिबारे स्थलगत जानकारी लिन नेपाली सेनाको हेलिकप्टर मार्फत उडेका गृहमन्त्री थापा मौमस खराबी पछि स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए ।

गृहमन्त्री सहितको टोली चढेको हेलिकप्टर अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि बीच बाटोबाटै पोखरा फर्किएको थियो । पोखरा विमानस्थलमा दिउँसो साढे १ बजे सम्म मौसम खुल्ने प्रतिक्षामा बसे पनि त्यो सम्भावना नदेखिए पछि काठमाण्डौ फर्किएको गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरणराज भट्टराइले जानकारी दिए । नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापा दिउँसो ३ बजे सचिवालय बैठकमा सहभागी हुनेछन् ।

नेपाली सेनाको हेलिकप्टरमा गृहमन्त्री थापा र सांसद पौडेल सहित विपत विज्ञ, स्वास्थ्यकर्मी सहित ११ जनाको टोली सवार थियो ।

बाढीका कारण ढोरपाटनमा १३ जनाको ज्यान गएको छ भने ३० भन्दा बढी बेपत्ता छन् । ३१ घर बगाएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी, नेपाली सेना र स्थानीयद्धारा खोजी तथा उद्धारको प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *