ढोरपाटनमा बाढीः १२ को मृत्यु,अझै ४२ बेपत्ता (नामावली सहित)

आदर्श अनलाइन,बागलुङ

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार विहान सम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगे पछि तेब्बर बढी संख्यामा मानिसहरु बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ की २६ वर्षिया केशमाया बिक रहेको रेग्मीले बताए । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रा.वि.को ४ कोठे भवन, सरस्वती प्रा.विको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई बस्तु बगाएको छ ।

हाल सम्म बेपत्ता भएका मानिसहरुको नामावलीः
१) ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने बर्ष २०।२२ को जीवन बिक ।
२) ऐ.ऐ. बस्ने बर्ष २३।२४ को नारायण बिक ।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती बर्ष २०।२१ कि टेकमाया बिक ।
४) निजहरुकै छोरी बर्ष १ की नाम नखुलेकी बालिका ।
५) ऐ.ऐ. बस्ने बर्ष १५।१६ कि मनिषा बिक ।
६) ऐ.ऐ. घट्टेचौर बस्ने बर्ष २८ कि शनि बिक ।
७) निजको छोरा बर्ष ९।१० को रोशन बिक ।
८) निजको छोरा बर्ष ४।५ को रवि बिक ।
९) नाम नखुलेको १५ दिनको वच्चा १ ।
१०) ऐ.ऐ. बस्ने बर्ष २५।२६ कि मन कुमारी बि.क. ।
११) ऐ.ऐ. बस्ने बर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने बर्ष २९।३० को प्रेम पुन ।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने बर्ष २०।३० कि कुमारी बिक ।
१४) ऐ.ऐ. बस्ने बर्ष १४।१५ को समुन्द्र बिक ।
१५) ऐ.ऐ. बस्ने बर्ष १०।१२ कि पुनम बिक ।
१६) ऐ.ऐ. बस्ने बर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
१७) ऐ.ऐ. बस्ने बर्ष ४३।४४ को राजु घर्ती ।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने बर्ष ३५।३६ कि करमती बुढा ।
१९) ऐ.ऐ. बस्ने बर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०) ऐ.ऐ. बस्ने बर्ष २०।२२ कि दिलमया पुन ।
२१) निजको छोरी बर्ष ३।४ कि प्रकृति पुन ।
२२) ऐ.ऐ. बस्ने बर्ष ६०।६१ कि डोटी पुन ।
२३) ऐ.ऐ. सानो कुगु बस्ने बर्ष ३५।३६ को हेम बहादुर बिक ।
२४) ऐ.ऐ. बस्ने श्रीमती बर्ष ३४।३५ कि उजेली बिक ।
२५) ऐ.ऐ. बस्ने छोरा बर्ष ८।९ को दलु बिक ।
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको ।
२७) ऐ.ऐ. बस्ने बर्ष ४०।४१ को कर बहादुर बिक ।
२८) ऐ.ऐ. बस्ने श्रीमती बर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने बर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने बर्ष ५५।५६ कि कौशिला पुन ।
३१) निजको छोरा बर्ष २०।२१ को विशाल पुन ।
३२) ऐ.ऐ. पावरहाउस बस्ने बर्ष २५।२६ कि धनमाया बिक ।
३३) निजको छोरा बर्ष २।३ को नाम नखूलेको बालक ।
३४) ऐ.ऐ. सुप्राङ बस्ने बर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार ।
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४।२५ को नबिन भण्डारी ।
३६) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य ३ जना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *