बागलुङ प्राविधिक शिक्षालयद्धारा कार्यक्रम फेजआउट नगर्न प्रधानमन्त्रीलाई पत्र

आदर्श अनलाइन,बागलुङ

बागलुङ प्राविधिक शिक्षालयले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

राष्ट्रिय चिकित्सा आयोगको मिति २०७७ साउन ३० गतेको बैठकको प्रस्ताव अनुसार डिप्लोमा तह भन्दा मुनिका स्वास्थ शिक्षा कार्यक्रम यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय प्रती आपत्ती जनाउदै बिहीबार प्राविधिक शिक्षालयले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो ।

प्राविधिक शिक्षालयका संस्थापक लक्ष्मीप्रसाद शर्मा, बिष्णुप्रसाद सापकोटा, मुकुन्द सापकोटा र निर्मला बानियाँ बास्कोटा नेतृत्वको टोलीले प्रशासकीय अधिकृत गणेश शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउनु भएको हो ।

हाल बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ तथा गत चैत्र देखि आफना संस्थाहरु निरन्तर बन्द भइ यस्तो जटिल अवस्थामा निजी प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्ति लाई प्रयोग गरिरहेको अबगत हुँदाहुँदै बरु सरकारबाट राहतको अपेक्षा गरिरहेको बेला चिकित्सा शिक्षा आयोगको यस्तो निर्णय हुनु बिडम्बनापूर्ण रहेको प्राविधिक शिक्षालयका प्रमुख मुकुन्द शर्माले बताउनुभयो ।

अझ आफूहरुले यसै शैक्षिक सत्र ०७७,७८ को नवीकरणको लागि सिटिभिटीलाई तिर्नु पर्ने आवशयक दस्तुर समेत बुझाइ सकिएको परिस्थितिमा पनि यस्ता खाले निर्णयबाट निजी शिक्षालय र संस्थापक माथी अन्याय भएको भन्दै यस्तो निर्णय तत्काल पुर्नबिचार गर्न समेत आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *