राष्ट्रिय युवा संघ र विद्यार्थीले थाले बाढी पीडितका लागि राहत अभियान

साधना पन्त,बागलुुङ

राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङले जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधवार राती आएको बाढीबाट प्रभावित बनेकाहरुका लागि राहत संकलन अभियान सुरु गरेको छ ।

शुक्रबार राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङको संयुक्त बैंठकले युवा विद्यार्थी राहत कोष समिति गठन गरि रहत अभियान थालेको हो ।

बैठकले राष्ट्रिय युवा संघ बागलुङका सदस्य आकृति भण्डारी संयोजक र अनेरास्ववियू बागलुङका सदस्य रोशन कुवर सह–संयोजक रहेको २१ सदस्य समिति गठन गरेको हो ।

राष्ट्रिय युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगर सहितको टोली बिहीबारनै बाढीले क्षतिग्रस्त स्थल ढोरपाटन पुगेको छ । टोलीले खोज तथा उद्धारमा सहयोग गरिरहेको राष्ट्रिय युवा संघ बागलुङका सदस्य आकृति भण्डारीले जानकारी दिनुभयो । उहाँले देशमा जस्तोसुकै संकट आए पनि सहयोगको लागि राष्ट्रिय युवा संघ अगाडी बढ्ने भन्दै बागलुङको पश्चिम ढोरपाटनको पीडा बागलुङको मात्र नभएर सिगो मुलुकै भएकाले सवै युवा विद्यार्थीहरुलाई राहत कोषमा सहयोग गर्न अपिल समेत गर्नु भएको छ । राहत दिन इच्छुक व्यक्तिले आर्दश सञ्चार सहकारी संस्थामा राष्ट्रिय युवा संघ बागलुङको खाता नम्वर ७०७२ र विद्युतिय माध्यम ईसेवा आईडी ९८२१३२००६१ मा रकम पठाउन समेत सकिने उहाँले जानकारी दिनुभयो ।

युवा विद्यार्थी राहत कोषमा ३७ हजार १ सय राहात समेत संकलन भइसकेको राहत संकलन अभियानका सह–संयोजक रोशन कुवरले जानकारी दिनुभयो ।

ढोरपाटनमा बाढीबाट अहिले सम्म १४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता छन् । ३१ घर बगाएको छ भने ७० भन्दा बढी घरमा क्षति पुगेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *