भूजीखोला बाढीमा मृत्यु हुनेको संख्या १५ पुग्यो, २३ अझै बेपत्ता

डम्मर बुढा मगर, बागलुङ
भदौ १७ गते राति भूजीखोलामा आएको बाढीमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

आज विहान एक जनाको शव ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबामा फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

अझैसम्म २३ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी टोली निरन्तर खाटिरहेको छ । आज फेला परेको शवको सनाखत हुन नहुको भण्डारीको भनाई छ ।

बाढीले ८० घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । भूजीखोलमा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा सिंगो भूजीखोला नै अन्धकार बनेको छ ।
बाढीले बुर्तिबाङ–ढोरपाटन सडक समेत बगाउँदा यातायात समेत ठप्प भएको छ । यसले गर्दा राहात सामग्री समेत पु¥याउन कठिन परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *