भूजीखोला बाढी: मृत्यु हुनेको संख्या १६ पुग्यो, २२ अझै बेपत्ता

डम्मर बुढा मगर, बागलुङ
भूजीखोलामा आएको बाढीमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार दिउसो १ बजे बडिगाड गाउँपालिका वडा नम्बर ५ न्वारमा बडिगाडखोलाको किनारमा शव फेला पारेर इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

अझैसम्म २२ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी टोली निरन्तर खाटिरहेको छ । आज फेला परेको शव करिब २४/२५ वर्षको पुरुषको जस्तो भएको हुँदा सजिलै सनाखत हुन सक्ने भण्डारीको भनाई छ ।

शवलाई नदि किनारबाट निकाली प्राथमिकक स्थास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको उहाँले जानकारी दिनुभयो । बाढीले ८० घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । भूजीखोलमा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा सिंगो भूजीखोला नै अन्धकार बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *