दशैंको सम्मुखमा बडिगाडले ग¥र्यो बजार अनुगमन

कमल पौडेल/बडिगाड
जिल्लाको बडिगाड गाउँपालिकाले मध्यपहाडी लोकमार्ग भित्रको वजार क्षेत्रमा अनुगमन गरको छ ।

गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदी, स्थानिय प्रशासन, वडा अध्यक्ष सहितको टोलीले हाडिखोला खर्वाङ देखि भिमगिठे सम्मको बजार अनुगमन गरेको हो ।

बजार अनुगमनको क्रममा मुल्य सुची नराखेको, गाउँपालिकामा दर्ता नगरेको, आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएका पसल, होटल भेटिएको र एक पटकका लागी १५ दिन भित्र आवश्यक प्रक्रिया पुरा गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

लामो समयदेखि बजार अनुगमन नहुँदा बजारमा मनपरी भएको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका थिए । उपभोक्ता मञ्च बागलुङले विभिन्न समयमा अनुगमन गर्ने गरे पनी यस क्षेत्रमा मूल्यसुची टाँस गर्ने गरिएको छैन । यातायात व्यवसायीले पनि मनोमानी रुपमा भाडा लिएको यात्रुको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *