भूजीखोलाका बाढी पीडितलाई राधामाधव समितिको सहयोग

आदर्श अनलाइन, बागलुङ
राधा माधव समिति बागलुङले ढोरपाटनका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।
स्वामी श्रीहरिदासजीको प्रेरणा एवं राधा माधव समिति नेपालकी अध्यक्ष संगीता दिदीको मार्ग निर्देशनमा राधा माधव समिति सत्संग केन्द्र बागलुङ र पोखरा सत्संग केन्द्रले ढोरपाटनका बाढी पीडितलाई एक लाख रुपैयाँ राहत बाँडेको राधा माधव समिति बागलुङका सचिव दीपक कँडेलले बताए ।

ढोरपाटन नगरपालिका वडा नम्बर ७ र ९ का बाढीले आफन्त गुमाएका ७ परिवारलाई १० हजारका दरले र चार परिवारलाई पाँच हजारका दरले गरी ५० हजार पीडितको हातमा पु¥याईएको छ भने नम्बर ९ का पीडितहरुलाई प्रदान गर्नका लागि ५० हजार रुपैयाँ ढोरपाटन नगरपालिका—९ का वडाध्यक्ष हरिबहादुर घर्तीमगरलाई हस्तान्तरण गरिएको सचिव कँडेलले बताए ।

पीडितलाई नेपाली काँग्रेस गण्डकी प्रदेश सभाका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले राहत रकम हस्तान्तरण गरेका थिए । राहत रकम प्रदान गर्दै शर्माले बाढी पहिरोले अकल्पनीय क्षति पुराएको भन्दै राहत र उद्धारका लागि सबै जुट्न आग्रह गरे ।

‘अहिले यहाँ आउँदा कल्पना भन्दा निकै बाहिरको भयावह अवस्था रहेछ, यो बेलामा सबै एकजुट भएर राहत तथा उद्धारका लागि लाग्नुपर्छ,’ उनले भने,‘राधा माधव समितिले थोरै भए पनि सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन्छु । सबैले हातेमालो गरौं ।’

बाढी पहिरोले ढोरपाटन नगरपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति पुराएको छ । भूँजीखोलामा आएको बाढीले तटीय क्षेत्र ध्वस्त पारेको छ । बस्ती भएको ठाउँहरुबाट अहिले भूजीखोला बगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *