राहत सामग्री बुर्तिबाङमा नथन्कियोस्

सम्पादकीय
नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन । र त्यही ढोरपाटनका नामले चिनिने बागलुङ जिल्ला । बिडम्बना अहिले ढोरपाटन बाढीले क्षतिग्रस्त स्थानका रुपमा जर्बजस्त परिचित छ । कारण बागलुङर र ढोरपाटनले यसवर्षको विपत्तिहरुमा मुलुकमै ठुलो जनधनको क्षति बेहोर्न बाध्य भएको छ । अहिले सम्म १६ जनाको मृत अवस्थामा शव भेटिएको छ भने २२ जना अझै बेपत्ता छन् । ८० घर बगाएको छ । अरु स्वास्थ्य चौकी, विद्यालय भवन, सडकमा पनि उस्तै अकल्पनिय क्षति भएको छ । बाढीले परिवारका सदस्य गुमाएकाहरुको रुवाई, क्रन्दन र बेदना कति हो कति छ । त्यो देख्दा मात्रै पनि मन बिथोलिन्छ । आँखाहरुमा आँशु टलपलिन्छ । मन मुटु भक्कान्छि । तर, त्यो परिवारका सदस्यले सहनुको विकल्प छैन । हामी सँग हेर्नुको भने विकल्प छ । त्यो हो मानवीय हिसावले उनीहरु गर्न सकिने राहत र अरु सहयोग र सत्कर्ममा ।

हो, अहिले बागलुङको ढोरपाटनमा राहतका लागि देश बिदेशमा सर्वत्र अभियान सञ्चालित छ । यहाँको कुनै भुगोलमा यतिको ठुलो विपत्ति आउँदा र क्षति पु¥याउँदा अरु दुरको भुगोलबाट राहत सहयोग र सद्भाव दर्शाउनु मानवीय सेवा भाव हो । त्यो नेपाली मन र नेपालीपनको परिचय र बिशेषता पनि हो । छिमेकमा कसैलाई चोट लाग्दा या आपत विपत पर्दा सहयोग गर्ने परोपकारी सँस्कार आजको होइन, परापुर्वकालदेखिको हो । जो पछिल्लो दिनमा केही विकृत र सशंयपूर्ण भए पनि यस्तो पुन्य परोपकारी जारी छ । अहिले बागलुङ बजार मात्रै होइन, यहाँबाट अमेरिका, जापान, कोरिया, डेनमार्क, हङकङ लगायतका देशमा भएकाहरुले पनि उदाहरणीय रुपमा राहतका लागि अभियान चलाएका छन् । फलस्वरुप खाद्य सामग्रीदेखि लत्ता कपडा, अस्थायी आवासका लागि आवश्यक सामग्री बाढी प्रभावित समक्ष पु¥याउने कार्य भइरहेको छ । तर, राहत बितरणमा केही समस्या देखिएको गुनासो छ । बाढी प्रभावितहरु प्रयाप्त राहत नपाएको गुनासो गरिरहेका छन् । यता शहरतिरबाट राहत लिएर जानेहरुको ठुलै ताती छ ।

अहिले ठुलो मात्राको राहत बुर्तिबाङ बजारमा थन्किएको छ । यो स्वभाविक पनि छ । किनभने बाढीग्रस्त क्षेत्र ढोरपाटन ७,८ र ९ पुग्ने मोटरवाटो अवरुद्ध छ । यो सडक कहिले खुल्ने हो ? अनिश्चित छ । राहत दिने संघसंस्था र समूहहरु राहत दिने भनेर त गइरहेका छन् तर उनीहरु आँफै बोकेर ३÷४ घण्टा पैदल हिँड्न पनि सक्ने अवस्था छैन । पैदल मार्ग समेत ठाउँ ठाउँमा उस्तै जोखिम मोलेर जानुपर्ने अवस्था बिद्यमान छ । यस अवस्थामा ढोरपाटन नगरपालिकाले राहत बितरणलाई एकद्धार प्रणालीबाट गर्नुपर्ने जरुरी त छँदैछ, यसका साथै बुर्तिबाङमा जम्मा भइरहेको राहतलाई पीडित समक्ष पु¥याउन खच्चड या अरु मानिसहरु मार्फत होस्, तत्काल लैजाने व्यवस्था गर्नुपर्छ । पीडितले नपाउने यता कुहिने अवस्था भयो भने त्यो बिडम्बना हुनेछ । देश बिदेशबाट विपद्मा साथ दिने गरी आँफ्नो गाँस काटेर दिएको राहतको सही सदुपयोग हुने व्यवस्था गरियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *