लाइन्स क्लव अफ बागलुङद्वारा बाढि पीडितका राहात हस्तान्त्रण

छविलाल पाण्डे, बुर्तिबाङ
लाइन्स क्लव अफ बागलुङ (वि वान ३२५) द्धारा बाढि पीडितका लागि राहात हस्तान्त्रण गरेको छ ।

गत बुधबार बाढी पहिरोका कारण ज्यान गुमाएका तथा घर गुमाएका पीडित परिवारका निम्ति त्रिपाल, चामल, लत्ता कपडा, खाद्यान्नन हस्तान्त्रण गरिएको हो ।

क्लवले त्रिपाल बल्याङ्केट, चामल, नुन, तेल र दाल नगरपालिका प्रमुख देव कुमार नेपालीलाई हस्तान्त्रण गरिएको थियो । क्लवको तर्फदेखि बागलुङका अध्यक्ष काजिमान गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमका ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, बुर्तिबाङ शाखा लायन्स क्लव सम्योजक रितुवर्ण पौडेल लगाएतको सहभागितामा नगरपालिका कार्यालयमा राहात हस्तान्त्रण गरीएको थियो ।

‘जहाँ आवश्यकता त्यहाँ सेवा’ भन्ने उद्देश्य सहित सञ्चालित क्लवले आफुहरुले यहाँका पीडितहरुको तथ्याङ्क संकलन गरी संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराइसकेपछि मात्र आफुहरुले राहातका सामग्री लिएर आएको बताइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *