यस्तो देखियो बागलुङ नगरपालिकाको चियापन (तस्बिर सहित)

आदर्श अनलाइन/बागलुङ

नेपालीहरुको महान चाडको लहर आउदो क्रममा छ । बडादशैंकौ रौनकताले उदास बन्न थालेका गाउँघरमा छुट्टै चहल पहल देखिन्छ । बडादशैं आउन केही दिन मात्रै बाँकी छ भने तिहार, छठ, नेपाल सम्वत सन्निकट छन् ।

यिनै पर्वका अवसरमा जलपान आयोजना गर्ने नेपाली सँस्कार छ । बागलुङ नगरपालिकाले शुक्रबार नगरसँग प्रत्यक्ष, परोक्ष सरोकार राख्ने बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा चियापान कार्यक्रम गरेको छ । जहाँ पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समेत बिशेष पाहुनाका रुपमा सहभागी थिए । फरक शैलीमा शुभारम्भ गरिएको कार्यक्रम निकै संक्षिप्त रुपमा सम्पन्न भयो । प्रमुख या बिशेष अतिथीको लामो भाषण सुन्न बानी परेका सहभागी, बिशेष अतिथी चित्रबहादुर केसीले करिब दुई मिनेटमा मन्तव्य सकाए पछि एकाआपसमा कानेखुशी गरे र दर्शकदिर्घा हासोले गुञ्जयमान समेत भयो ।

संक्षिप्त मन्तव्यका क्रममा केसीले दशैंले सामाजिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । हामी नेपाली विचार, आस्था, धर्म, जाति, लिंग, अनुहारका हिसावले फरक फरक छौ,’ केसीले भन्नुभयो, ‘यस्तै सँस्कार, सँस्कृतिले बलियोसँग हामीलाई जोडेको छ । अबका दिनमा पनि सँस्कार सँस्कृतिलाई यसैगरी अघि बढाउन मनाउन जरुरी छ ।’ अध्यक्ष केसीले दशैंको शुभकामना सहित भूमिगत राजनीतिक जीवनको समेत स्मरण गर्नुभयो । ‘भुमिगत समयमा ११ महिना कहाँ–कहाँ हुन्थ्यौ, तर दशैंको एक महिना असोजमा जहाँ भए पनि घर आउथें,’ उहाँले भन्नुभयो,‘मलाई मात्र होइन, सबै नेपालीलाई दशैंले आकर्षित गर्छ, यसको साँस्कृतिक महत्व पृथक छ ।’ साना कुरामा नेपालीहरु झगडा गर्छन् तर धर्मका नाममा झगडा नभएको भन्दै यो बिश्वका लागि सकरात्मक सन्देश भएको उहाँको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नेपालीका महान चाडहरुले सबैलाई अझ बढी एकतावद्ध भएर समाजको समृद्धिका लागि लाग्न प्रेरित गर्ने बताउनुभयो । उहाँले सबै नगरवासीलाई शुभकामना सहित नगरपालिका आगामी दिनमा अझै गतिशिल हिसावले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले स्वागत गर्नुभएको कार्यक्रमको योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको थियो । ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *