नहिँडी नहुने बाटोमा आदर्शको डिजिटल यात्रा

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले समयको कोलाजको रुपमा आदर्श सञ्चार अनलाइन शुभारम्भ गरेको एक वर्ष पुरा भएको छ ।

धौलागिरी क्षेत्रकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्शले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार अनलाइन (www.aadarshasanchar.com) सञ्चालन गरेको थियो । अहिलेको बिद्यमान कोरोना संकट र बागलुङ जिल्लाको ढोरपाटनमा आएका बाढीको विपतका कारण वर्षगाठमा कुनै औपचारिक कार्यक्रम गरेनौ । यद्यपी, वार्षिकोत्सवमा लाग्ने खर्च संस्थाको तर्फबाट र शेयर सदस्यहरुबाट स्वतःस्फुर्त गरी १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरिएको छ ।

यसै सन्दर्भमा आदर्श सञ्चारको एक वर्षे यात्रा र अब खेल्नुपर्ने भुमिकाका बारेमा जिल्लाका बिभिन्न क्षेत्रका व्यक्तित्वले दिइएको प्रतिक्रिया र सुझावः

This image has an empty alt attribute; its file name is 105576169_303887964320633_1746802558541430707_n.jpg

राम थापा
सचिव
नेपाल पत्रकार महासंघ, बागलुङ

डिजिटल पत्रकारिता जुर्मुराएको छ । जर्बजस्त अघि बढेको छ । अखबारका भविष्यबारे बहस उठेको छ । यो स्थितिमा ‘आदर्श सञ्चार अनलाइन’ले वर्ष दिन गुजारेको छ । वर्षान्तमा आइपुग्दा यसले श्रव्य–दृश्य सामग्रीसमेत दिन थालेको छ ।

अन्य प्रकाशनका अतिरिक्त डिजिटल माध्यममा पनि आदर्श सञ्चार सहकारी संस्थाले आफूलाई प्रमाणित गरेको छ । पत्रकारिताको उडानका लागि अनलाइन माध्यम रोज्नु नविन तर जोखिमपूर्ण कार्य हो । दक्ष र निष्ठाबान पत्रकाररलेखकरप्राविधिक र व्यवस्थापकका बलमा मात्र यसको सुरक्षित अवतरण सम्भव छ ।

अनलाइनको लहरबीच ‘आदर्श सञ्चार’ खरो उत्रनैपर्छ । प्रभाव र नतिजाको दसीमा यो उत्र्तीण हुनुपर्छ । उठाइएका मुद्दा र तिनको प्रस्तुतीकरणमा मात्र सञ्चारमाध्यमको सफलता निर्भर छ । विषयवस्तु नै प्रधान कुरा हो । सत्य, तथ्य र वस्तुनिष्ठ सूचना दिने धर्मबाट पत्रकाररसञ्चारमाध्यम च्युत हुन मिल्दैन । त्यसो गरेका दिन पत्रकारिता गर्ने हक हुँदैन ।

आफ्नै कर्मले ‘आदर्शसञ्चार’ स्थापित हुने हो । स्तरीय समाचार सामग्री सँधै पाठक र दर्शकको हृदयमा बस्छन् । तिनले समाजमा अर्थ राख्छन् । अनलाइनले आधारभूत तहका नागरिकको पक्ष लिओस् । न्याय र समानतामूलक समाजको वकालत गरोस् । सँधै आलोचनात्मक भइदिओस् । सत्ता र शक्तिका सामु नझुकोस् । आजको पत्रकारिता डिजिटल उन्मुख नभइ धरै छैन । यो त एउटा बटुवाले नहिँडी नहुने बाटो जस्तै हो ।
पहिलो वर्षगाँठको शुभकामना ।

This image has an empty alt attribute; its file name is 84791435_10212520177638536_6071123563534876672_n.jpg

राम शर्मा
अधिकारकर्मी,बागलुङ

अहिलेको समय डिजिटल प्रविधी र इन्टरनेटको समय हो । मान्छेहरु घण्टौं इन्टरनेटमा झुण्डिनुले पनि यसको महत्व र आकर्षण देखाई रहको छ । इन्टरनेटमा पाईने सवै सुचना मानिसलाई उत्तिकै उपयोगी हुन्छन भन्ने होइन । तर, सुचनाको दृष्टिले सवै खालका राम्रा नराम्रा सुचना दर्शक र श्रोताले कसरी लिने र प्रयोग गर्ने भन्ने मात्रै हो । कोभिड १९ का कारण नागरीक बन्दाबन्दीमा छन यो बेलामा ईन्टरनेट र सुचनाका लागी अनलाईन र इन्टरनेटको प्रयोग अझै बढेको छ ।

आदर्श अनलाइन पत्रिका हेर्दा हेर्दे एक बर्ष पार गरेछ । नियमित पाठक भएकाले मैले सुचना, पर्यटन, सम्वृद्वि र सकारात्मक प्रयासहरुको थुप्रै समाचारहरु हेरेको छु । यसको लागी प्रकाशक, पत्रकार साथीहरुलाई धन्यवाद दिन चाहन्छु । कुनै घटनाको तत्कालै जानकारी प्राप्त हुने भएकाले यसको प्रभावकारीतामा अझै बृद्वि भएको छ । सन्तुलित समाचार, भद्रता र ब्यक्ति तथा संस्था विशेष भन्दा समाचार विशेषले प्राथमिकता पाउनु पत्रिकाको अर्को महत्वपुर्ण पाटो हो । नागरिकले सवै समाचार घरमै, कार्यालयमा वा यात्राको क्रममा वा थकाई मार्दा हेर्न खोज्ने भएकाले जहाँ चाहियो त्यहीबाट इन्टरनेटको माध्यमबाट सजिलै प्राप्त गर्न सकेका कारणबाट यसको महत्व अझै बढेको छ । तसर्थ समचार मात्रै होइन, नियमित रुपमा बागलुङको प्राकृतिक सम्पदा हाम्रो सामथ्र्य, पर्यटन, जिल्लाको विकास र स्थानीय निकायको गतिविधीको छुट्टै स्तभ्म र लेख रचनाहरु मार्फत नियमित प्रकाशित गर्न सकियो भने अझै सुनमा सुगन्ध हुने थियो । दोश्रो बर्षमा प्रबेशसँगै हार्दिक शुभकामना सहित अझै उचाई प्राप्त होस् भन्ने कामना गर्दछु ।

This image has an empty alt attribute; its file name is 118081092_3867703533246210_3993962200213993045_n.jpg

हेमराज शर्मा
शाखा प्रबन्धक
ग्लोबल आइ एमई बैंक बागलुङ शाखा

विश्वमा विज्ञान र प्रविधिको दु्रत गतिमा भएको विकास सँगै नेपालले पनि यस क्षेत्रमा निकै छिटो फड्को मारेको छ । यसै प्रविधिलाई पछ्याउदै नेपालका आम सञ्चार माध्यम पनि जनतालाई यथाशिघ्र सु–सुचित गराउने उद्देश्य अनुरुप आ–आफ्नै अनलाइन न्युज पोर्टल मार्फत संचार सेवा प्रवाव गरिरहेका छन् । यसैको उदाहरण स्वरुप मोफसलमा स्थापित धौलागिरीकै लोकप्रिय सञ्चार माध्यम आदर्श सञ्चार पत्रिकाको अनलाइन संस्करण आदर्श अनलाइनले पहिलो वार्षिकोत्सव मनाएको खबरले निकै खुुसी बनाएको छ । जनतालाई सुचना प्रवाह गर्ने शिलशिलामा अग्रणी स्थानमा रहेर बागलुङबाट मोफसलका खबरहरु निरन्तर प्रवाह गर्ने यस अनलाइन मिडिया आजका दिन सम्म सत्य, तथ्य, समाचार सहित विभिन्न जानकारीमुलक सूचना र विचारलाई प्रमुख स्थान दिइरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोनाबाट आक्रान्त समुदायलाई डिजिटल माध्यमबाट सुसुचित गराउदै अघि बढिरहेको आदर्श अनलाइनको आगामी दिन अझ सफल रहुन् । वित्तीय सचेतना जागरण ल्याउनमा पनि यसले भुमिका खेलोस् । प्रथम वार्षिकोत्सबको अवसरमा हार्दिक शुभकामना ।

This image has an empty alt attribute; its file name is 96587901_2983387161718036_8538029014579675136_o.jpg

संगम घर्ती मगर
प्रदेश सदस्य, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश
सर्व प्रथमतः आदर्श सञ्चार अनलाईन पहिलो वर्ष पूरा गरेर दोस्रो वर्ष प्रवेशको अवसरमा थप उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दछु । आदर्श सञ्चार सहकारीले सञ्चालन गरेको धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिकसंगै डिजिटल माध्यम आदर्श सञ्चार अनलाइन मार्फत आमनागरिकका चासो, सवाल र आवाजहरुलाई मुखरित गर्ने कार्यमा थप योगदान गरेको मैले ठानेको छु । करिब डेढ दशकको अवधीमा दुनियाँमा सूचना प्रविधिले तिब्र गतिमा विकास गरेको छ । त्यही सूचना प्रविधिको विकासले गर्दा अहिले पत्रकारिता पेशा पनि प्रविधिमैत्री हुनु जरुरी बनेको छ । अहिले आज दिनभरी के भयो भनेर भोली बिहानको अखबार पल्टाउने जमाना अब गैसक्यो । हरेक व्यक्तिहरुको हात हातमा स्मार्ट मोबाईल छ । त्यही स्मार्ट मोबाईले पाठक तथा दर्शक स्रोतालाई स्मार्ट बनाएको छ । सूचना र जानकारीहरु तत्कालै पाउने अवस्था भएको छ । त्यसकारणले गर्दा पनि पत्रकारितालाई विश्वसनीय र भरोसायोग्य बनाउनका लागि डिजिटल माध्यम अँगाल्नुपर्ने एक खालको बाध्यता जस्तै भईसकेको छ । भनिन्छ, डाइनोसर समय परिवेश अनुसार आफुलाई रुपान्तरण गर्न नसकेका कारण संसारबाटै लोप हुन पुग्यो । त्यसरी नै अहिलेको बढ्दो प्रविधिको विकासलाई अँगाल्न नसक्ने सञ्चार माध्यम र सञ्चारकर्मी पनि आफै पेशाबाट बाहिरिनुपर्ने वाताबरण आफै निर्माण हुँदै गएको छ । त्यसैले गर्दा पत्रकारिताको डिजिटल माध्यम हाम्रो लागि बाध्यकारी जस्तै भएको छ । यो कुराको सत्यतालाई बोध गरेर आदर्श सञ्चारले आफुलाई डिजिटल प्लेट फर्ममा प्रस्तुत गरेको छ । र एक वर्षको अवधी पूरा पनि गरेको छ । एक वर्षको अवधिमा छिटो छरितो र विश्वसनीय सूचना र समाचार प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको छ । म आफै पत्रकार भएकाले यसले सम्प्रेषण गर्ने समाचार विचार तथा सामग्रीहरुको नियमित पाठक हुँ । कतिपय सन्दर्भहरुमा नयाँ समाचार थाहा पाउने माध्यम पनि बनेको छ । आदर्श सञ्चारमा आएका समाचारबाट थाहा पाएर म आफैले पनि आफ्नो सञ्चार माध्यमका लागि समाचार लेख्ने पनि गरेको छु । डिजिटल माध्यम भनेको सबै भन्दा छिटो सूचना दिने माध्यम पनि हो । हामी जति छिटो समाचार दिने होडबाजीमा हुन्छौ । त्यति नै समाचारहरुमा तथ्यहरु कमजोर पर्ने या कहिलेकाँही गलत पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । अहिलेसम्म आदर्श सञ्चारले यो कुरामा निकै सजगता अपनाएको छ । सुधारको पक्ष त काम गर्दै जाँदा आफै हुँदै जान्छन् । अनलाइनको ले आउट चाँही अझ आकर्षक बनाउनका लागि केही सुधार गर्न सकिएला कि जस्तो मलाई लाग्छ । आदर्श सञ्चार अनलाइन दोस्रो वर्षमा प्रवेशका अवसरमा नागरिकका दबिएका र दबाईका आवाजहरु अझ सशक्त ढंगले मुखरित गर्ने सफलता मिलोस् शुभकामना ।

This image has an empty alt attribute; its file name is 106097705_3864061456997860_712590955628953952_o.jpg

राम सुवेदी
स्टेशन म्यानेजर, रेडियो परिवर्तन बुर्तिबाङ

पत्रकारितामा जनस्तरको सूचना, आम नागरिक समक्ष पु¥याउने आम सञ्चार माध्यमका रुपमा स्थापित सञ्चार माध्यम मध्ये, डिजिटल पत्रकारिता आजको उपयुक्त आमसञ्चार माध्यम बनेको छ । बागलुङको पत्रकारितामा डिजिटल पत्रकारिता सुरु भएको करिव एक दशक बढि समय बित्दैछ । पछिल्लो समयमा डिजिटल पत्रकारिताको अलि बढी अभ्यास समेत भइरहेको बेला बागलुङ जिल्लाबाट आदर्श अनलाइन मार्फत भइरहेको डिजिटल पत्रकारिता समग्र जिल्लाको पत्रकारितामा महत्वपूर्ण सञ्चार माध्यम हो । यसले एक वर्षे अवधी पार गर्दै गर्दा आदर्श टीम, यसका पाठक, शुभचिन्तक सबैमा शुभकामना व्यक्त गर्दछु ।

आजको युगमा डिजिटल पत्रकारिताको अभ्यास, यसको विकास, पहुँच र सदुपयोग, आ आफ्नै हिसावले अझै महत्वपूर्ण र जरुरी समेत छन् । अन्य आम सञ्चार माध्यम भन्दा नागरिकका पहुँचका हिसावले अवको पत्रकारिता सायद् डिजिटल नै उपयुक्त, सहज र सरल पनि हुनेछ । पाठकले सहज पढन पाउने, सूचना सजिलोसँग प्राप्त गर्ने र सम्प्रेषका हिसावले समेत छिटो, छरितो र सुलभ रुपमा आदान प्रदान हुनेमा विश्वस्त छु । एक पाठकका हिसाबले, बागलुङका सुरु भएका जे जति पनि अनलाइन मिडियाहरु छन् । ति मध्ये आदर्श अनलाइन विश्वसनियता, भरोसापूर्ण, सन्तुलित पत्रकारिता, विषयको खोज र प्रस्तुतीमा अग्रमध्येकै लाइनमा उभिएको देखेको छु । आदर्श अनलाइनले जस्तै अरु सबै डिजिटल पत्रकारिताको अभ्यासमा रहेका अनलाइनहरु आफ्नो उपयुक्त, सार्थकता पुष्टि गर्न सक्ने, जे भएको हो त्यो बताउन सक्ने, घटनाको वस्तुस्थिति सम्म पुग्न सक्ने र पत्रकारिको इथिकभित्र रहेर अभ्यास गर्न आवश्यक देखेको छु । पहिलो वर्षमा उच्च स्थानमा उभ्याएको आदर्श टिमलाई अझै पनि खारिएर, पाठकको आँखामा बस्ने गरी, समयको भरपूर सदुपयोग गर्न उत्प्रेरणा प्रदान होस् । उत्तरोत्तर प्रगतिको शुभकामना । धन्यवाद ।

This image has an empty alt attribute; its file name is 116876906_3068804289839688_1064478179969817119_n.jpg

लालबहादुर थापा
युवा नेता, नेकपा

पत्रकारिता लोकतन्त्रको एक अभिभाज्य अंग हो भने आधुनिक सभ्यताको एक प्रमुख व्यवसाय पनि हो । विज्ञान र प्रविधिमा भएको अभूतपुर्व विकाससँगै पत्रकारिताका आयाम पनि व्यापक र फराकिलो बनेको छ । समाचार मिडियामा नयाँ क्रान्तिको रूपमा वेब पत्रकारिताको विकास भएको छ । यही समयको गतिलाई पछ्याउने क्रममा नै आदर्श सञ्चार सहकारी लिमिटेडले अनलाइन सञ्चालनमा ल्याएको छ । प्रिन्ट मिडियाको लामो अनुभव र निरन्तरतासँगै वेब मिडियामा फड्को मार्ने क्रममा ञआदर्श सञ्चार अनलाइनमा छ । पत्रकारितामा आम मानिसको सहज पहुँचलाई स्थापित गर्ने, सही, सत्य र तथ्यपरक सूचना द्रुततर रूपमा प्रवाह गर्ने समयको माग र आवश्यकतालाई संबोधन गर्ने हेतुले आदर्श सञ्चार अनलाइन सञ्चालनमा आएको पनि एक वर्ष भएको छ । आज सम्म पनि व्यवसायिक बनि नसकेको पत्रकारिताका माध्यमबाट मूल्य मान्यता सहितको जनउत्तरदायी सेवा प्रवाह गर्नु धेरै नै उल्लेखनीय काम हो । त्यो दिशामा यो अनलाइनले पाइलाहरु चालेको छ । विश्वसनीयता सहितको तथ्यमा आधारित समाचार सम्प्रेषण गर्ने सन्दर्भमा यो अनलाइनले आफूलाई अविचलित साधकको रूपमा उभ्याउन सकोस् !

अनलाइन पत्रकारितामा पनि आफ्नै चुनौती र संभावना छन् । यसका सकारात्मक र नकारात्मक दुवै पाटा विद्यमान छन् । अहिले बाढीको रूपमा अनलाइन मिडिया सञ्चालनमा आएको देख्न सकिन्छ । अनलाइन समाचार माथि विश्वसनीयता, सन्तुलन, सत्यता माथि थुप्रै प्रश्न चिन्ह उठ्ने गरेका पनि छन् । यी समस्याहरूको विचमा आदर्श सञ्चारले आफ्नो अलग्गै पहिचान बनाउन सफल हुनेछ । जनताको तेस्रो आँखाको रूप पलपल परिवर्तित समय, जीवन र जगतलाई दर्शन गराउदै परिस्थितिको अध्ययन, चिन्तन मनन, आत्माभिव्यक्तिको माध्यमबाट जनहित र लोककल्याणको लागि आफुलाई सार्थक बनाउन सक्नेछ ।

स्मार्ट मोवाइल र इन्टरनेटको विकाससँगै हरेक मानिसहरूले हात हातमा समाचार बोकेर हिड्न सक्ने भएका छन् । यो संगै समाचार प्रस्ततीकरणका तौरतरिकामा व्यापक परिवर्तन आएको छ । मानिसका बुझाई, दृष्टिकोण, ग्रहणशीलतामा पनि बदलाव आएको छ । मिडिया हाउसका पुरातन संरचना भत्किएका छन्, संवाददाता वा पत्रकारका दक्षताका मानकहरू परिवर्तन भएका छन् । जनताका रुचि र शोखमा काफी बदलावहरू देखा परेका छन् । सूचना समाचारको सर्वव्यापकता, प्रयोगकर्ताले आफ्नो अनुकूलतामा समाचार उपभोग गर्न पाउने सहजता, मिडिया र प्रयोगकर्तावीच सीधा सम्पर्क र सम्वादको सुविधा, हरेक मानिस रिपोर्टर सरह हुन सक्ने र फिडब्याक दिन सक्ने अवसरका कारण वेब मिडियाको महत्व अझै बढ्दै जाने निश्चितै छ । यी सबै परिवेश भित्र यो आदर्श अनलाइनले व्यवसायिकता, विश्वसनीयता, प्रयोगधर्मीता र प्रतिस्पर्धीतामा आफूलाई उन्नत र उत्कृष्ट सावित गर्न सक्नेछ, पहिलो वर्षगाँठको शुभकामना ।

This image has an empty alt attribute; its file name is 67224999_2847012552007057_4896028517168316416_o.jpg

कमल पौडेल
स्टेशन म्यानेजर, रेडियो सारथी खरबाङ
सर्वप्रथम त जिल्ला सदरमुकामबाट फरक धारमा डिजिटल पत्रकारिताको दोेस्रो वर्षमा प्रवेश गरेको आदर्श अनलाइनलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

समाज विकासको लामो क्रमबाट आजको युग भएजस्तै पत्रकारिता पनि निरन्तरको प्रयत्न, साधना र त्यागवाट आजको अवस्थामा आइपुगेको हो । आजको गर्विलो पत्रकारिता हिजोको साधनाबाट तयार भएको हो । संसार परिवर्तनशिल छ, परिवर्तित सन्दर्भमा जसले आफुलाई समयअनुकुलको ढाँचामा वदलिएर बग्न सक्दैन त्यसको अन्त्य अवश्य हुन्छ, त्यसैले पत्रकारीताको लामो इतिहासमा आजको आवश्यकता, अवसर र चुनौती डिजिटल पत्रकारीता हो । विगत लामो समयदेखि बागलुङको पत्रकारिताको धरोहरको रुपमा विकसित भैरहेको आदर्श सञ्चार सहकारीले विभिन्न माध्यमबाट पत्रकारितालाई अगाडी बढाइरहेको सन्दर्भमा विकसित समय अनुकुल सुरु गरेको डिजिटल पत्रकारिता पनि एक वर्ष पुरा हुनु आफैमा एउटा गर्विलो कार्य हो । आज डिजिटल मिडियाको लोकप्रियता र प्रभावकारीता संगै केहि विकृतिहरु पनि नदेखिएका होइनन् । जुनसुकै समाज होस् या प्रविधि जुन नयाँ रुपमा आइरहेको हुन्छ, त्यो सुरुको समय संक्रमणमा हुन्छ । आज नेपाली डिजिटल पत्रकारिता पनि त्यही संक्रमणको अवस्थाबाट गुज्रिरहेको छ । त्यसकारण डिजिटल पत्रकारितामा केही स्वच्छन्द प्रवृत्तिहरु पनि देखा परेका छन् । यद्यपी, ति क्रमशः समयक्रममा मुलधारमा आउनेछन् । सोही डिजिटल पत्रकारिताको भिडमा आदर्श अनलाइन र आदर्श अनलाइन टिभी मार्फत आफुलाई अब्बल बनाउने बाटोमा लागिरहेको छ । एक हिसावले भन्ने हो भने नेपाली समाज जर्बजस्त डिजिटल युग तर्फ प्रवेश छ । यो एक किसिमको बाढी सहित उपस्थित छ । यसमा आफुलाई सहि तरिकाबाट अवतरण गराउनु पर्ने चूनौती आदर्शलाई छ । सही सूचना सरल ढंगबाट पस्किने, आग्रहबाट बँच्ने र तथ्यलाई वोध गर्ने पत्रकारिता आजको डिजिटल पत्रकारिताको आवश्यकता हो । सोही बाटो तर्फ अग्रसर र निरन्तर हुन सकोस् आदर्शलाई धेरै शुभकामना ।

This image has an empty alt attribute; its file name is 78212843_482381879301941_8541296183316840448_n.jpg

सन्ध्या आचार्य
स्टेशन म्यानेजर, शुभेक्षा एफ एम, जैमिनी
बागलुङ जिल्लाको सञ्चार सहकारीमा अग्रणी स्थान बनाउन सफल आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले सञ्चार क्षेत्रमा पुराएको योगदान अतुलनिय छ ।

जनताको चाहना अनुसार पत्रिकादेखि अनलाइन सम्मको यात्रामा आदर्श सञ्चारको यात्रा पक्कै सहज भएन होला तर जसरी जनचाहना र आवश्यकतालाई बुझेर अगाडी बढेको छ यो प्रशंसायोग्य छ ।

हिजोको समयमा पत्रिका किनेर पढ्ने जमात थियो, त्यहि जमातको चाहना पुरा गर्न आदर्श सञ्चारले पत्रिका प्रकाशन गर्यो । आज पत्रिका किनेर पढ्ने जमातहरु विस्तारै कमी हुँदैछन् । यी जमातहरु आजभोलि ईन्टरनेटबाट डिजिटल माध्याममा जोडिन पुगेका छन् । आदर्श सञ्चारले यही जमातलाई पछ्याउँदै एक बर्ष अगाडि तर आजकै दिन आदर्श सञ्चार डटकम नामको अनलाईनबाट समाचार सम्पे्रषण गर्न थाल्यो । एक बर्ष पुरा गरेको आदर्श सञ्चार अनलाईनलाई मुरी मुरी सफलताको शुभकामना दिन चाहन्छु ।

एक बर्षको यो अवधिमै आदर्श अनलाइनले दिएको समाचार र अन्य सामग्री प्रशंसायोग्य छ । यति मात्रै होइन, सुगमदेखि दुर्गम सम्मका व्यक्तिहरुको आवाजलाई दिएको प्राथमिकताले पनि यस अनलाइनलाई थप उचाइ दिएको छ ।

अहिलेको यो डिजिटल प्रकाशन उत्कृष्ट छ । जुन यहाँहरुकै अथक मेहनत र प्रयासले सफल भएको हो । भोलिका दिनमा पनि सबैको आवाज लेखिने अनलाइन, आदर्श अनलाइन बनोस् ।

अहिलेको यो संस्करण पाठकको चाहना अनुरुप परिमार्जन गरिँदै जानुपर्छ । अझै जिल्लाका खोजमुलक समाचारलाई बढी स्थान दिए सुनमा सुगन्ध हुनेछ ।

This image has an empty alt attribute; its file name is 54354017_2209741796021609_8956810183028244480_o.jpg

घनश्याम गौतम
स्टेशन प्रमुख, रेडियो गलकोट बागलुङ
सर्बप्रथम आर्दश संचार सहकारी सस्था लिमिटेडद्वारा सञ्चालित आदर्श संचार डटकम अनलाइन पत्रिका प्रकाशनको गौरवमय पहिलो बर्ष पुरा गरि दोश्रो बर्ष प्रवेश गरेको सुखद अवसरमा म आवद्ध संस्थाको तथा मेरो व्यक्तिगत तर्फबाट आदर्श परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।
पछिल्लो समय आम मानिासलाई अनलाइन मिडिया प्रतिको मोह जति बढेको छ । त्यो भन्दा बढी अनलाइन संचालकलाई चुनौती पनि त्यतिनै बढेको अबस्था छ । यो एक बर्षमा आदर्श अनलाइनबाट प्रकाशित सामाग्री समुदाय केन्द्रीत रहेको एक पाठक तथा पत्रकारको दृष्टिमा छर्लङ्ग छ । अधिकाशं संचार माध्ययम मध्ये निकै दक्ष, क्रियाशिल संचारकर्मीहरु आवद्ध गरि सूचना, शिक्षा र समाचार प्रदान गर्ने माध्यम आर्दश संचार मोफसलमा स्थापित बनाउन कटिबद्द हुनुनै सुखद पक्ष हो । छापाबाट बिद्युतिय हुदै डिजिटल प्रबिधिको रुपमा आम मानिसलाई सुसूचित बनाउने अभियानको क्रमिकता नै महत्वपुर्ण पक्ष हो ।

आदर्श संचारको र्वतमान अबस्थामा असरल्ल संचारका माध्ययमका बिच, पाठकको रोजाई छनोट अनुसार सदैव साथ सहयोगलाई शिरोधार्य गर्दै पाठकको रुचीलाई मध्यनजर गरि समाचारका तत्बमा नडगमगाई आफ्ना संचार सामाग्री प्रकाशन गर्नु सबल पक्ष हो । यो पक्षलाई अझ छिटो, थप ब्यबस्थित र अझ रुचिकर बिषय उठानमा आदर्शको ध्यान पुगोस् । दिन प्रति दिन दर्ता होस् वा कुनै अभिलेख बिना मिडियाको नाम दिने अनलाइनहरुको भिडमा आदर्श सञ्चारले लिड गर्नुनै आगामी दिनको सफलताको मार्ग हो । तसर्थ, आगामी दिनमा आदर्श सञ्चार अनलाइन पत्रिका सामान्य देखी जटिल बिषयको खोजी गरि पाठक समक्ष पु¥याउने, नयाँ बिषय भन्दा समाजका बिषयलाई नबिन रुपमा उजागर गर्ने, डिजिटल प्लाट फर्ममा अनलाइन पत्रिकाको साथमा हरेक दिन आदर्श अनलाइन टेलिभिजन मार्फत प्रसारण गर्न सकेमा संचारको भिडमा आदर्श नामको जस्तै पाठक श्रोता दर्शकको मन जित्ने छ । अनलाइनको डिजाइन, आउटलुक जस्ता हेर्दा सामान्य लाग्ने तर अर्थ गम्भीर राख्ने बिषयमा आदर्श परिवारको ध्यान जानु आवश्यक छ ।

पहिलो बर्षमा आर्दशले उठाएका बिषयबस्तुले समाजमा सकारात्मक र रचनात्मक प्रभाब पारेको छ । यसको निरन्तरता सहित थप पाठकमैत्री प्रकाशनमा जोड दिनेछ भन्ने अपेक्षा सहित पुनः पहिलो वर्षगाठको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *