बाढी पीडितलाई सहयोग गर्न काँग्रेस नेता श्रेष्ठको अपिल

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस वित्त तथा सहकारी विभागका केन्द्रीय सदस्य कृष्णशंकर श्रेष्ठले ढोरपाटनमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएकाले सहयोगका लागि सबै एक जुट हुन आग्रह गरेका छन् ।

श्रेष्ठले एक अपिल प्रकाशित गर्दै आफु रेडक्रस सोसाईटीको टोलीसंगै घटनास्थलमा पुगेको र त्यहाँको अवस्था एकदर्म दर्दनाक देखिएकाले उद्धार र राहत कार्यसंगै विस्थापित वस्तीको पुनस्थापनाका लागि सबैले हातेमालो गर्न आग्रह गरको छन् । श्रेष्ठले बागलुङका वित्त तथा सहकारी संघ संस्थाहरु तथा मुलुकभरका दयालु महानभावहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोगका लागि अपिल गरेका छन् ।

कोरोना महामारील आक्रान्त भएको बेला प्राकृतिक प्रकोपको अर्को विपत्तीलाई बागलुङलाई मर्माहत बनाएको भन्दै श्रेष्ठले ढोरपाटन नगरपालिका ५, ६, ७, ८ र ९ मा भूँजीखोला बाढीले पु¥याएको भौतिक तथा मानवीय क्षतिपति दुःख प्रकट गरेका छन् । बाढीका कारण वेपत्ता भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेकाले त्यसमा तदारुकताका साथ साथ दिन सबैलाई अपिल मार्फत आग्रह गरिएको छ ।

भदौ १७ गते राती भूँजीखोलामा आएको बाढीका कारण १७ जनाको मृत्यु भएको छ भने २१ जना अझै वेपत्ता रहेका छन् । बाढीले भूँजीखोलाको तटीय क्षेत्रमा रहेको सय भन्दा बढि घरसंगै अन्य भौतिक संरचनाहरुमा पनि क्षति पुराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *