विप्लव नेता चैतन्यद्वारा आत्मसमर्पण

आदर्श अनलाइन, बागलुङ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्यले रिहा लगत्तै जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार आत्मसमर्पण गरेका छन् ।

ताराखोला गाउँपालिका वडा नम्बर ५ का निउरेलाई जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ ११ गते उनकै घरबाटै गिरफ्तार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटे लगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेकपा जिल्ला इन्चार्ज बलावती शर्मा सुरक्षा निकायस लगायतको उपस्थितीमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

निउरेले पार्टि परित्याग गरेसंगै आगामी दिनमा विप्लवका कुनै पनि बैठक र सभामा सहभागी नहुने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *