बडिगाड गाउँपालिकाले दियाे बाढी पीडितलाई ४ लाख १३ हजार

कमल पौडेल, बडिगाड

ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ वडामा गएको बाढी पीडितको लागि बडिगाड गाउँपालिकाले सहयोग हस्तान्तरण गरिएको छ।

ढोरपाटन नगरकार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच बडिगाड गाउँपालिकाको तर्फबाट २ लाख, पालिकामा कार्यरत निजामति कर्मचारी (स्वास्थ्य समेत) बाट १ लाख र जनप्रतिनिधिहरुबाट १ लाख १३ हजार ५ सय गरि कुल ४ लाख १३ हजार ५ सय हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ढोरपाटनबासीको पीडामा बडिगाड गाउँपालिका पनि संगै रहेको बताउनु भएको थियो ।

रकम बुझ्दै ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले सवैको सहयोग र सद्भावले बोबाङ क्षेत्रले पुर्नजिवन पाउने आशा व्यक्त गर्नुभएको थियो। सो रकम हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा सहित उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, लेखा अधिकृत डिल्ली आचार्य, लगाएतको सहभागिता रहेको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *