राजमोको जागरण : संघीयताले मुलुकको अस्तित्व खतरामा

आदर्श अनलाइन/बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत शुक्रबार बागलुङ बजारमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकोे छ ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै कारण मुलुकको अस्तित्व गुम्न सक्ने खतरा बढेको बताउनुभयो ।

संघीयताकै कारण मुलुक असफल राष्ट्र उन्मुख भएको जिकिर गर्दै पछिल्लो समय भारतिय हस्तक्षेप समेत बढेको दाबी गर्नुभयो। केही वर्ष पहिलेसम्म भारत नेपालका केही व्यक्तिलाई मात्र हात लिएर हस्तक्षेप गर्ने गरेकोमा अहिले दल नै खडा गरेर हस्तक्षेप बढाएको उहाँको दावी थियो । नेपालका कालापानीमा भारतीय सेना राखेकोमा उहाँले आपत्ति जनाउदै सुस्ता लगायतका धेरै नेपालीभूमी भारतले हडपेको बेला नेपाल सरकार बोल्न नसक्नु लज्जास्पद भएको बताउनुभयो । उहाँले भारतीय हस्तक्षेपको विरोध नगरे जम्मुकाश्मीरको अवस्था नेपालले भोग्नु पर्ने चेतावनी समेत दिनुभयो । स्वतन्त्र मुलुक रहेका सिकिम, जम्मु काश्मिर लगायत भारतको प्रान्त बनेको स्मरण गर्दै केसीले नेपालले पनि हस्तक्षेपको विरोध नगरे कुनै समय त्यही नियति भोग्नु पर्ने बताउनुनभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला सभापती माननीय कृष्ण थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व सचिव कृष्ण अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष केवी थापा, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, जिल्ला सचिव भीमलाल पोखरेल, जिल्ला सल्लाहकार काजीगाँउले श्रेष्ठ, जिल्ला सदस्यहरु लोकनाथ शर्मा, लक्ष्मण पुन, प्रेम गौतम, रुद्रा केसी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सल्लाहकार गोविन्द्र प्रशाद पौडेल, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज पौडेल, अखिल छैठौंका जिल्ला सदस्य गोपाल सुवेदी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला कोषाध्यक्ष टेकबहादुर क्षेत्री, अखिल नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष विजय राना लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम जिल्ला सदस्य तथा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, लक्ष्मी वास्कोटाको सञ्चालन र जिल्ला सदस्य तथा नगर उपाध्यक्ष योगेन्द्रराज पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *