बुर्तिबाङ बजारमा व्यवसाय गर्ने एक पुरुषमा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ
बुर्तिबाङ बजारमा व्यवसाय गर्ने एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

अत्यधिक ज्वरो आएपछि, स्थानीय मेडिकलमा उपचार गराइरहेका उनी निको नभएपछि बुटवल रिफर हुँदा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

बुटवलको लुम्बीनी अञ्चल अस्पतालमा गरिएको जाँचमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि देखिएका उनमा स्वास्प्रस्वासमा समस्या देखिएको छ । ज्वरो बढेको पारिवारिक स्रोतको भनाई छ ।

कोरोना संक्रमितलाई राख्ने अस्पताल नपाएपछि कहाँ राख्ने भन्ने समस्या भएको बताइएको छ ।
बजार क्षेत्रमै समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएपछि ढोरपाटन नगरपालिकाको आपतकालिन बैठक बस्दैछ ।

संक्रमित व्यवसायीको कन्ट्रयाक ट्रेसिङमा आएकाहरुको चेकजाँच नभएसम्म बजार बन्द गर्नुपर्ने स्थानीय बजार व्यवसायीको माग छ । यसविषयमा बैठक बसेर आवश्यक निर्णय गर्ने प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *