विवेक हमाल र चन्द्रकान्त पौडेल विरुद्ध खड्काको उजुरी

आदर्श अनलाइन, बागलुङ ।
मानअधिकारर्मी सावित्री खड्काले बागलुङ नगरपालिका–४ कुडुलेका विवेक हमाल र सोही ठाउँका चन्द्रकान्त पौडेल विरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ की खड्काले आफ्नो आत्मसम्मान इज्जत, पेशा र ब्यवसायमा गंभिर आघात पु¥याउँने गरी सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो र फोटो सार्वजनिक गरेको भन्दै हमाल र पौडेल विरुद्ध प्रहरीमा उजुरी दिनुभएको हो ।

द्वन्द्व पीडित राष्ट्रिय महिला संजालको सचीव, संकल्प गण्डकी प्रदेशको प्रदेश अध्यक्ष समेत रहेकी खड्काले आफु विगत १४ वर्षदेखि एड्भोकेसी फोरम, जबाफदेहीताको लागि असल छिमेकी, नेपाल कानून समाज लगायतका विभिन्न फोरममा काम गर्दे आएको र हाल लयर्स चेम्वरमा कार्यरत रहेको बताउँदै अधिवत्ता राम शर्मा सँग आफ्नो नाम जोडेर बदनाम गर्ने गरी हमालले पटक–पटक धम्की समेत दिने गरेको उजुरीमा उल्लेख गर्नुभएको छ ।

खड्काले जिल्ला प्रहरी कार्यालय बागलुङ मार्फत महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको उजुरीमा सामाजिक सञ्जालको दुरुपयोग गरी आत्म सम्मानमा चोट र सार्वजनिक बेईज्जती गर्ने मनसाय राखी जानी जानी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामाग्री लेखि घुणा वा द्वेश फैलाई सार्वजनिक बेईज्जती गरेकाले निजहरुलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ (१) नं. बमोजिम कारवाही गरी गर्न माग गर्नुभएको छ ।

आफुले काम गर्ने चेम्बरका अधिवक्ता राम शर्माले पटक पटक कालिगण्डकी नदि दोहनको विषय उठाएको र कालिगण्डकी दोहनसँग विवेक हमाल समेत जोडिएकाले शर्मासँग बदला लिनको लागि आफुलाई बदनाम गर्न खोजिएको खड्काले बताउनुभयो । हमालले यसअघि पनि विभिन्न व्यक्तिहरुलाई लगाएर आफुलाई डर धम्की देखाउने गरेको समेत खड्काले बताउनुभयो ।

चन्द्रकान्त पौडेल र उनको फेसबुकलाई प्रयोग गरी हमालले आफुलाई बदनाम गर्न खोजेको भन्दै दुबैलाई कानुन बमोजिम कारबाही गर्न उहाँले माग गर्नुभएको छ । खड्काले आफुमाथी गरिएको प्रहार सम्पूर्ण मानवधिकारको क्षेत्रमा काम गर्ने महिलाहरुको लागि समेत अपमान भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङले खड्काले आरोप लगाएका चन्द्रकान्त पौडेललाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पौडेलले खड्काको मात्र नभएर जिल्लाका अन्य पत्रकार, सांसद र मन्त्री समेतको बदनाम गर्ने गरी सामाजिक सञ्जाल मार्फत केहि दिनदेखि प्रचार प्रसार गरिरहेको भएर नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । खड्काको उजुरी माथि महानगरीय प्रहरी परिसर काठमाडौले अनुसन्धान गर्ने उहाँले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *