फेसबुकमा मनपरी लेख्ने चन्द्रकान्त पौडेल लिखित माफी पछि छुटे

आदर्श अनलाइन,बागलुङ
सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा पक्राउ परेका बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेका पण्डित चन्द्रकान्त पौडेल लिखित माफी मागे पछि छुटेका छन् ।

प्रचलित नियम कानुन विपरित फेसबुकको दुरुपयोग गरेर बिभिन्न व्यक्तिको चरित्र हत्या र मान मर्दन गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले उनलाई कुँडुलेबाटै पक्राउ गरेको थियो ।

फेसबुकमा लाञ्छित गरिएका पत्रकारसँग अहिले सम्म भएका गल्ती कमजोरी प्रति लिखित माफी मागे पछि फेरि गल्ती नदोहो¥याउने गरि तारिखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेम केसीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

पौडेलले कर्मचारी, नेता, सांसद, प्रधानमन्त्री, सामाजिक अगुवा, धार्मिक अभियन्ता लगायतका बारेमा तुच्छ शव्दहरु प्रयोग गर्दै तथानाम दैनिक दर्जनौ स्टाटस लेख्दै आएका थिए । आफुले भने अनुरुप समाचार नआए पछि पत्रकार राजेशचन्द्र राजभण्डारी, सुवास आचार्य र रामप्रसाद घिमिरेको तस्वीर समेत प्रयोग गरी व्यक्तिगत मानमर्दन तथा पेशागत चरित्रमा समेत आँच आउने गरि स्टाटस लेखेका थिए ।

यसका बिरुद्धमा आफुहरुको तस्बीर प्रयोग गरि चरित्र हत्या, मान मर्दन र पेशागत रुपमा आँच आउने काम गरेकाले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेको थियो । कुँडुले स्थित मुक्तिनाथ सँस्कृत वेदविद्याश्रममा समान शिक्षाको व्यवस्था हुनुुपर्ने, जातका आधारमा कसैलाई बञ्चित गर्न नहुने बिषयको सकरात्मक अभियान चलाए पनि फेसबुकमा मनपरी लेख्न थालेपछि तिव्र आलोचना हुन थालेको थियो ।

वेदविद्याश्रमको बिषयमा गत मंगलबारनै जिल्ला प्रशासन कार्यालयले दलित समुदायका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा प्रचलित नियम अनुसार पठन पाठनको व्यवस्था गर्ने गरी सहमति भएको थियो । तर, उक्त सर्वपक्षिय वैठकमा चन्द्रकान्त पौडेल भने उपस्थित भएनन् । पटक पटक बोलाउदै बाइक लिन पठाउँदा समेत गाडी चाहिन्छ भन्दै फेसबुक लाइभमा तथानाम प्रहरी प्रशासन लगायतलाई गालीगलौज गर्दै बसेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *