पहिरोले पुरिएर बडिगाडमा एक युवा बेपत्ता

–आदर्श अनलाइन, बागलुङ

जिल्लाकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक युवा वेपत्ता भएका छन् ।

बिहिबारदेखि परेको निरन्तर वर्षाका कारण खसेको पहिरोले बारीमा काम गर्दै आएका बडिगाड गाउँपालिका–१० निगलपानीका ३५ वर्षिय दानबहादुर घर्ती मगर वेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

घर्ती शुक्रबार विहान बारीको तरकारी खेतीको काम गर्दै गर्दा बारी माथिबाट खसेको पहिरोले पुरेर वेपत्ता भएको उहाँको भनाई छ । अहिले बेपत्ता युवकको स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ । घटनास्थलतर्फ भिमगिठे प्रहरी चौकीबाट उद्दारका लागि पनि प्रहरी खटाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *