मौसम परिवर्तनका बेलाको स्वास्थ्य सजगता

अहिले कोरोना भाइरस (कोभिड १९)को जोखिम कायमै छ । यसबेलामा अरु रोग लागे पनि कोरोना नै भएको आशंका र भय एकातिर हुन्छ भने अर्को तर्फ रोग लागे पनि सहज उपचारमा कठिनाई देखिन्छ । अब वर्षा रोकिने र नयाँ मौसम या जाडो शुरु हुन थाल्छ । यो बेलामा स्वास्थ्यमा के कस्ता रोगको जोखिम हुन्छ ? यसबाट बच्न केके गर्नुपर्छ ? रोग लागिसके पछि केके गर्न सकिन्छ ?
अनिल केसी
मेडिकल अधिकृत
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र

अहिले वर्षा रोकिएको छैन । त्यसकारणले मानिसहरुले पानी पिउने बेलामा धेरै ध्यान दिनुपर्ने देखिन्छ । बर्खाको समय भएकाले पानी पर्ने, खोला नाला बढ्ने, बाढी आउने, पानीको मुहानमा फोहोर पानी पस्ने र त्यही पानी मानिसहरुले राम्रो सँग नउमाली खाने भएकाले स्वास्थ्यमा समस्या आउन थाल्छ ।

मानिसहरुलाई यो समयमा धेरै समस्या हुने भनेको झाडा पखाला हो । त्यसकारण पानी राम्रो सँग उमालेर पानी खाने । स्वस्थ खाने कुरा खाने, सरसफाईमा ध्यान दिनु पर्दछ । नेपालीहरुका धेरै थरि चाडपर्व हुने भएकाले पनि खानपानमा ध्यान दिनु पर्दछ । साना बच्चाहरुको थप हेरचाह गर्नुपर्दछ ।

किनकी बर्खाको समयमा साना बच्चालाई निमोनिया हुन सक्ने सम्भावना बढी हुन्छ । अब नेपालीहरुको महान चाड दशैं, तिहार आउने बेला भयो । मानिसहरुले चाडबाडमा खानाका परिकार बनाएर खाने भएकाले खानामा विशेष ध्यान दिनु पर्दछ । धेरै चिल्लो, पिरो, अमिलो खाने । रक्सी मासु खाने भएकाले त्यसले गर्दा पेट सम्बन्धि समस्या आउन सक्दछ । अल्सर, ग्यास्टाइजिक्ट, आन्द्रामा इन्फेक्सन हुन समस्या आउँछ ।

अब जाडो समय पनि सुरु भएकाले स्वास्थ्यमा थप ध्यान दिनु पर्दछ । जाडो समयमा जुनसुकै उमेरका मानिसहरुलाई स्वास प्रश्वासमा समस्या आउन सक्दछ । रुघा लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने भएकाले जाडो मौसममा चिसो खाना नखाने, न्यानो लुगा लगाउने, नुहाउदाँ तातो पानीले नुहाउनु पर्दछ । जाडो मौसममा ओठ, हात खुटा फुट्ने समस्या पनि हुने भएकाले म्वाईस्चराईजिङ साबुनको प्रयोग गर्दा राम्रो हुन्छ । स्वास्थ्य खानेकुरा खाने जस्तैः हरियो सागपात, सिजनल फलफुल, माछा, मासु, दुध, झोलिलो पदार्थ र प्रशस्त पानी पिउनु पर्दछ । हामीहरुले खाने हरिया सागपात, फलफुलहरु राम्रो सँग सफा गरेर मात्र खानु पर्दछ ।

अहिले बागलुङमा कोरोना समुदाय स्तरमा देखिन थालेकाले हामीहरु कोरोनाबाट पनि बच्न सजग हुनु पर्दछ । हामीहरुले आँफु र आफ्नो परिवार सुरक्षित बनाउनु छ भनेर सुरक्षाका सामग्रीहरु अनिवार्य रुपमा प्रयोग गर्नु पर्दछ । माक्स, सेनिटाइजर, निरन्तर साबुन पानीले हात धुने र भौतिक दुरी कायम गर्नु अति आवश्यक देखिन्छ । कोरोनाको महामारीमा हामीहरु अन्य कुरामा अल्झिएर कोरोनालाई ख्याल ठट्टा गर्नु हुँदैन । कोरोनाबाट बच्नु नै अहिलेको पहिलो समयमा काम हो । हुन त सिजनल फ्लू र कोरोनाको लक्षण मिल्दो जुल्दो भएका कारण पनि मानिसहरु सामान्य रुघाखोकी लाग्दा पनि कोरोनाको आशंका गरेको पाइन्छ । रुघाखोकी लाग्दैमा कोरोना भयो भन्नु गलत हो ।

तर, सावधानी अपनाउनु पर्दछ । हामीहरुलाई सामान्य रुघाखोकी लागेमा, तातो खाने कुरा खाने, तातोपानीमा नुन वा भिक्स राखेर बाफ लिन सकिन्छ । उच्च ज्वरो, सुख्खा खोकी लाग्ने लामो समय सम्म भने चिकित्सक सँग सल्लाह लिने र सुरक्षित बस्नु पर्ने हुन्छ । हामीहरु सिजनल रोगबाट बच्नका लागि स्वच्छ खाना खाने, सरसफाईमा ध्यान दिने हो भने सामान्य रुघाखोकी, झाडा पखला जस्ता रोगबाट बच्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *