समुदाय स्तरमा संक्रमण पछि पर्वतको कुश्मा बजार सिल

आदर्श अनलाइन, पर्वत

पर्वतमा समुदायमा कोरोना संक्रमण देखिएपछि एक हप्ता कुश्माबजार सिल गरिने भएको छ ।

शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा सिल गर्ने निर्णय भएको हो ।

अत्यावश्यक काम बाहेक अन्य सबैजसो सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी असोज ३ गते राती १२ बजेसम्म सिल गर्ने निर्णय भएको हो ।

सिल गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन भने संचालन हुने भएका छन् । शुक्रबार क्वारेन्टाइनमै रहेका एकजना तर अर्का एकजना समुदायमा कोरोना देखिएको थियो। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पर्वतको कुश्मा नगरपालिका ३ का ६८ वर्षीय वृद्ध र वडा नं। ४ का २३ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । दुवैजना कन्ट्रयाक्ट ट्रेसिङमा परेको भनिए पनि उनीहरु समुदायबाट स्वाब संकलन गर्ने क्रममा संक्रमित भेटिएका हुन् ।

गत मंगलबार कुश्मा नगरपालिकामा समुदायमा कोरोना परीक्षणका क्रममा ६८ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ४७ जनाको स्वाब परीक्षण रिपोर्टमध्ये ४५ जनाको नेगेटिभ २ जनाको पोजिटिभ आएको हो । अन्य २१ जनाको रिपोर्ट अझै आउन बाँकी छ । संक्रमितलाई कुश्माको आइसोलेसन अस्पतालमा लैजाने तयारी भएको सीसीएमसी पर्वतले जनाएको छ ।

उनीहरुसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *