बलेवाका युवाको नविन सोच: भैसी ब्याउँदा अरु हटाउँछन्,उनी पाल्छन्

आदर्श अनलाइन, बागलुङ

गाउँमा भैसी ब्याउँदा साथ दूध थोरै दिने भन्दै जन्मेका पाडापाडी कटाउने चलन छ ।

पाडापाडी हुर्काउदा झञ्झट हुुने र दूध उत्पादनमा कमी आउने भए पछि पाडापाडी भैसी ब्याउँदा साथ कटाउने चलन सबै गाउँमा छ । जसका कारण अहिले धेरै ठाउँमा भैसी पाउनै समस्या भएको छ । यदि पाइहालेमा महंगो मुल्य तिर्नुपर्ने भएको छ ।

दूध बढाउने निहुँमा पाडापाडी मासिदा र पशुपालनको झञ्झट बेसाउन नचाहने स्थानीयको चाह अनुसार गाउँमा स्थानीय जातका भैसी देखिन समेत कठिन हुन थालेको छ । तर, बलेवाका एक युवाले गाउँमा भैसी व्याउँदा साथ कटाउन थालेका पाडापाडी किनेर पाल्दै आउनुभएको छ ।

काठमाण्डौबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका बागलुङ बलेवाका युवाले बन्दाबन्दीमा घर आएको समयमा नितान्त फरक उद्यम थाल्नुभएको छ ।

बागलुङ नगरपालिका–१३ पैयुपाटाका २४ वर्षिय युवा रमेश शर्मा लामिछानले पाडापाडी लोप हुन थाले पछि संरक्षण गर्नका लागि अग्रसरता देखाउन थाल्नुभएको हो । अब गाउँमै बस्ने सोच बनाउनुभएका लामिछानेले असारदेखि गाउँका पाडापाडी खरिद गरेर पाल्न थालनुभएको छ । जे गरे पनि नयाँ गर्नुपर्दछ भन्ने सोच अनुसार गाउँका लैना पाडापाडी किनेर पाल्दै आएको लामिछानेले जानकारी दिनुभयो । उहाँको गोठमा अहिले ४५ पाडापाडी छन् ।

“बन्दाबन्दीका कारण गाउँ आएको म काठमाण्डौ नजाने गरि पाडापाडी हुर्काउन थाले” लामिछानेले भन्नुभयो “अनलाइनबाटै डिग्री पढ्ने र पाडापाडी खुर्काउने सोचका साथ भौतिक संरचना निर्माण गरिहेको छु ।” यस्तो पढे लेखेको मान्छेले लैना पाडा उठाउँदै हिँडेको देखेर गाउँलेले नकरात्मक टिका टिप्पणी गर्दै आएको भए पनि आफू कत्ति विचलित नभएको उहाँको भनाई छ । शुरुमा पुरानो गोठबाट पाडापाडी हुर्काउन थाल्नुभएका लामिछानेले अहिले सात लाख खर्च गरेर आधूनिक गोठ समेत निर्माण गर्नुभएको छ ।

“गाउँमा पाडापाडी व्याएमा हामीलाई खबर गर्नु हामी लगेर पाल्छौं भनेर अभियान चलाइयो” लामिछानेले भन्नुभयो “पाडापाडी जन्मे पछि काटेर खानेलाई दिदाँ गाउँमा भैसी नपाइने समस्या भए पछि यस्तो व्यवसाय शुरु गरेको हुँ ।” लामिछानेका अनुसार, पाडापाडी हुर्काएर ठुलो भएका भैसी सुपथ मुल्यमा बिक्री गर्ने लक्ष्य छ । कम्तीमा १ सय पाडापाडी हुर्काउने लक्ष्य रहेको भन्दै लामिछानेले पाडपाडीका लागि आवश्यक दूधका लागि दुई भैसी र एक गाई पाल्नुभएको छ । दुई भैसी र एक गाउँले दिएको दूध खुवाएर पाडापाडी हुर्काउन थाल्नुभएका लामिछानेले जन्मेको तीन महिनापछि पाडापाडीले घाँस र अन्न खाना थाले पछि भने सहज हुने बताउनुभयो ।

काठमाण्डौंमा होटल व्यवसाय गर्दै आउनुभएका दाजु चेतन र लालु लामिछानेलाई सघाउदै आउनुभएका उहाँले दाजुकै सल्लाहमा गाउँमा पाडापाडी संरक्षण गर्न थाल्नुभएको हो । बलेवा पशुपालन केन्द्र नामक फर्म दर्ता गरेर पाडापाडी हुर्काउन थाल्नुभएका लामिछानेलाई आफन्त हरिभक्त लामाछिानेले सहयोग गर्दै आउनुभएको छ ।

पाडापाडी संरक्षण गर्न थाले पछि भैसी तथा राँगोकोे सहजता गराउने युवा किसान लामिछानेको भनाई छ । उहाँले एक हजारमा लैनो पाडो खरिद गरेर ल्याउदै आउनुभएको छ । काटेर खाँदै आएका पाडापाडी हुर्काउन पाउँदा निकै सन्तुष्टी मिलेको उहाँको भनाई छ ।

लैना पाडापाडी संकलन गरि पाल्ने पशुपालनबाट दुग्ध उत्पादनमा गाउँ र जिल्लालाई आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने सोचका साथ फरक पेशामा लागेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *