बाढीग्रस्त क्षेत्रमा खानेपानीको समस्या

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बाढीग्रस्तक्षेत्र ढोरपाटनको आधादर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ । भूजिखोलाको बाढीले आधा दर्जन भन्दा बढी गाउँका ८० घर बगाएको छ भने ७० घरमा क्षति

पुगेको छ । बाढीमा हाल सम्म २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै वेपत्ता रहेका छन् । हालसम्म व्यवस्थित धारा समेत भइनसकेको उक्त वस्तीमा वितरण भएको खानेपानीको पाईप, धारा र खानेपानीका मुल समेत बाढीले भत्काएपछि खानेपानीको हाहाकार भएको हो ।

ढोरपाटन नगरपालिका–९ स्थित सुर्तिवाङमा पहाड फुटेर खसेको पहिरोले भूजिखोला थुनेर बाढील्याएको हो । भदौं १७ गते राती पहिरो संगै आएको बाढीले ढोरपाटन नगरपालिकाको–९ नम्बर वडामा मानवीय तथा भौतिक क्षति पु¥याएको छ । बाढीले बस्ती बगाएपछि आफन्तकोमा आश्रय लिएका बाढीपीडितहरुले खानेपानी नपाएको गुनासो गरेका छन् ।

बाढीले क्षति पु¥याएको ढोरपाटन नगरपालिका–९ को द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ बाढीले बगाएका कारण खानेपानीको समस्या भएको स्थानीय सम्मर बहादुर बि.कले बताउनुभयो ।

“बाढीआएको थाहा पाएपछि भागेर परिवार बचाउन सफल भए तर घरमा क्षति पु¥याएको छ,” बि.कले भन्नुभयो “अहिले आफन्तकोमा आश्रय लिएर बसेपनी खानेपानीको पाई बाढीले बगाउँदा समस्या भएको छ ।” समस्यात खानबस्नको पनि छ तर पहिलो आवश्यकता पिउने पानी भएका कारण पानीको जोहो गर्न उपल्लो गाउँमा जानुपर्ने बाध्यता रहेको छ ।

घरैको धारमा आउनेपानी बाढीका कारण बन्द भएकाले २० मिनेट हिडेर कुँवाको पानी लिन जानुपर्ने बाध्यता रहेको लाकुरीबोटका भीम बहादुर बिकले बताउनुभयो । तत्कालै खानेपानीको व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरी बहादुर घर्तीले बताउनुभयो । बाढीले २० मिलोमिटर क्षेत्रमा क्षति पु¥याएका कारण तथ्याङक संकलनमै समस्या भएको छ । राहत र उद्दारमै खटेका कारण खानेपानी तर्फ ध्यान पु¥याउन समस्या भएको हो । “बस्तीनै बगाएको छ, खानेपानी, विद्युत तथा सञ्चार बिच्छेद भएका छ” घर्तीले भन्नुभयो “खानेपानीको पुरानो अवस्था कस्तो थियो भन्नेनै छैन, तत्कालै राहत र उद्दारमा लागेका कारण खानेपानी व्यवस्थापन हुँन सकेको छैन ।”

अझै वर्खाको समय भएकाले बाढीग्रस्त क्षेत्रभन्दा केहीमाथी मुल भएपनि हिउँदमा खानेपानीको चरम समस्या हुँने अनुमान गरिएको छ । बाढीले बस्तुभाउ समेत बगाउँदा दुर्घन्दको जोखिम समेत उत्तिकै रहेको छ । शुद्धपानीको अभावमा खोल्साको पानी पिउँदा झाडापखला तथा अन्य रोगको समेत जोखि हुँने उत्तिकै संभावना रहेको छ ।

बाढी ग्रस्त क्षेत्रमा पुग्ने ढोरपाटन सालझण्डी सडक खण्डको झण्डै १० किलोमिटर सडक बाढीले बगाएका कारण राहत तथा उद्दारमा समेत समस्या भएको छ । तत्कालै खानेपानीमा किटाणु मार्ने औषधी हालेर प्रयोग गर्नका लागि गण्डकी प्रदेश सरकारले आवश्यक औषधी समेत बाढीपीडितलाई दिन थालेको छ ।

बाढीले खानेपानीको मुलनै कहाँ थियो भन्ने एकिन नभएका कारण गाउँ भन्दा धेरैमाथीबाट खानेपानी व्यवस्थापनका लागि पहल थाल्नुपर्ने अवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *