बाढी पीडितको लागि राहत बोकेको रेडक्रसको गाडी दुई घण्टा बुर्तिबाङमा रोकिएपछि…

आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाईटी बागलुङले ढोरपाटनका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
रेडक्रस सोसाईटी बागलुङका उप–मन्त्री मेषलाल शर्मा, सदस्य ढालेन्द्र गौतम, बुर्तिबाङ उपशाखा उपसभापति उत्तम महल, सचिव पुरण पाण्डे लगायतले जिल्ला शाखा बागलुङबाट प्राप्त राहत सामग्री ५० घरधुरीलाई वितरण गरेको हो ।

जिल्लाबाट प्राप्त राहत सामग्री रेडक्रस सोसाईटीले सिधै पीडितकहाँ लैजान खोजेपछि ढोरपाटन नगरपालिकाले हस्तक्षेप गरेर दुई घण्टा बुर्तिबाङमै गाडी रोकेको थियो । बुर्तिबाङको लक्ष्मीकुण्ड पुल नजिक प्रहरी परिचालन गरेर दुई घण्टासम्म रोकिएको उप–मन्त्री मेषलाल शर्माले बताए ।

रेडक्रस जिलल शाखाको टोलीले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएपछि मात्र राहत पीडितको माझमा पुर्याउन बाटो खुलेको जिल्ला रेडक्रस सोसाईटी बागलुङका कार्यसमिति सदस्य भवानी कँडेलले बताए ।

ढोरपाटन नगरपाकिलाका मेयर देवकुमार नेपालीले राहत पीडितको माझमा पुर्याउन नगरपालिकामा निवदेन दिनुपर्ने बताएपछि आफुहरुले निवदेन दिएपछि मात्र राहत हस्तान्त्रण गरिएको उनले बताए ।

रेडक्रस जस्तो निकायलाई नगरपालिकाले आफनो अधिनमा राखेर राहत वितरणमा जान रोक्नु लज्जाको विषय भएको बताउँदै आफुहरुले तत्काल जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएपछि मात्र सहज भएको कँडेलले बताए । ढोरपाटन नगरपालिकाले भने एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भए पनि नगरपालिकालाई जानकारी नगराई राहत वितरणमा जान खोजेकाले सोधखोजमा मात्रै गरेको जनाएको छ ।

रेडक्रस मार्फत ५० परिवारका निम्ती त्रिपाल, किचनमा आवश्यक पर्ने भाँडाकुँडा, कपडा, लगायतका सामग्री हस्तान्त्रण गरिएको बताइएको छ । केन्द्र मार्फत केहि दिन पहिलेनै १५ सेट सामाग्री आइसकेपनी शुक्रबार वितरण गर्न नपाइएको र उक्त राहत वडा नम्बर ९ ले राखेको र वडाले नै वितरण गर्ने उपन्त्री शर्माले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *