नजिकिदो दशैं : सहज बनाइदै सडक

थम्मन थापा/गलकोट
बडा दशैं नजिकिदै गर्दा गलकोट नगरपालिका ७ मल्ममा सडक मर्मत गरिएको छ ।

मल्म-पाण्डवखानीको सिमाना दाग्दी खोलादेखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडॉडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटा भरेर सडक मर्मत गरिएको वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाको दशै तिहार सडक मर्मत बजेट अन्तरगत सडक मर्मत गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो । चाडबाड नजिकिए सॅगै देश विदेशबाट घरमा आउने यात्रुहरुको सुविधालाई मध्यनजर गरि सडक मर्मत गरिएको हो । स्काभेटर, २ वटा ट्याक्टर र सहयोगी युवाहरुको सहभागितामा सडक मर्मत गरिएको निर्माणका अभियान्ता युवा समाजसेवी रुद्र केसीले जानकारी दिनुभयो । सडक मर्मत असोज १४ गतेदेखि सुरु गरिएको थियो । यसपाली वडाको दुर्गम बस्तीका जनतालाई लक्षित गरि सडक मर्मत गरिएको वडा कार्यालयले जनाएको छ । सडक मर्मत गरे सॅगै सवारी आवागमनमा सहजता भएको छ ।

यसअघि भदौमा निरन्तरको वर्षाले सडकमा खाल्डाखुल्डी परेपछि ठाडोओडार बिसारेडॉडा र ओदाहमा सडक मर्मत गरिएको थियो । मल्म पाण्डवखानी सडकमा पछिल्लो समय सवारीको चाप समेत निकै वृद्वि भएको छ । यो सडक भएर बडिगाड गाउपालिकाको रणसिंहकिटेनी र ढोरपाटन नगरपालिकाको खुंगा सम्मका यात्रुहरु ओहोर दोहोर गर्ने गर्दछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *