प्रहरीद्वारा बागलुङको विभिन्न स्थानमा सरसफाई

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न स्थानमा सरसफाई गरेको छ ।

प्रहरीले कालिका मन्दिर परिसर, गणेश घुम्ती, मालढुङ्गादेखि कालिका मन्दिर आउने खुदुर्के, गणेश घुम्ती, शहिद पार्क लगायतका स्थानमा सरसफाई गरेको छ ।

लामो समयदेखि सरसफाई नहुँदा बढी फोहोर भएको हुँदा समाजिक उत्तरदायित्वको हिसाबले यो कार्य गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बाताउनुभयो ।

प्रहरी जवानसहितको टोलीले उक्त क्षेत्रहरुको सरसफाई गरेको उहाँले भनाई छ । शहिद पार्क लगायतका स्थानमा लामो समयदेखि सम्बिन्धत निकायले सरसफाई नगर्दा कुरुप बनेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *