गण्डकी प्रदेशमा आज थप एक कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितकोा मृत्यु भएको छ । यो सँगै अहिले सम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रेमा उपचाररत स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ बर्षीय पुरुषको शनिवार विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.अर्जुन आर्चायले जानकारी दिए ।

भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने उनी १० औ व्यक्ति हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *