सत प्रतिशत छुटमा मोटरसाइकल !

सन्तोष गौतम/म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ ।

टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्यास ब्याकमा प्राप्त गर्नुभएका पौडेलले अतिरिक्त छ हजार रुपैयाँ पनि पाउनुभएको छ ।

मोटरसाइकल खरिद गर्ने क्रममा अनलाइन स्क्र्याच गर्दा पौडेलले क्यास ब्याकको अपर जित्नुभएको हो । टिभिएस कम्पनीको म्याग्दी डिलर रारा अटोमोवाइल्सले शुक्रबार पौडेललाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

रारा अटो मोवाइल्सका सञ्चालक रिम कटुवाल, प्रबन्धक कृष्ण पौडेल र रेशम कटुवालले पौडेललाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको थियो । कच्चि र पक्कि दुवै सडकमा उपयुक्त भएकाले टिभिएसको मोटरसाइकल रोजेको पौडेलले बताउनुभयो ।

पारदर्शी रुपमा स्क्याच भएको र आफूले क्यासब्याक पाएकोमा पौडेलले खुसी व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *