आर्दशका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्थालिमिटेड बागलुङले संस्थामा कार्यरत कर्मचारीको क्षमत तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ एक दिने ‘इनहाउस’ क्षमता अभिवृद्धि तालिम दिएको छ ।

तालिमको सहजीकरणगर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको सफलताको लागि कर्मचारीको महत्वपूर्ण भूमिकाहुने बताउँदै समय अनुकुल आफूलाई सक्षम र परिवर्तन गर्नु पर्ने बताउनुभयो ।

उहाँले हरेक संस्थाबलियो बन्न र सफलता हाँसिल गर्न कर्मचारी प्रशिक्षित र अनुभवी हुनु पर्ने भन्दै इमान्दार पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले समय अनुकुल कर्मचारीहरुले आफ्नो क्षमता विकास गर्नमा तत्पर रहनु पर्ने र आफूलाई सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो ।

तालिममा सहकारीका विषयगत शाखा र सञ्चार शाखामा कर्मचारी र पत्रकारको सहभागीता रहेको थियो ।

तालिममा नेतृत्व विकासका लागि ध्यान दिनु पर्ने विषयहरु, व्यवस्थापनमा प्रभावकारिताका तत्वहरु, क्षमता विकासका लागि कर्मचारीहरुले ध्यान दिनु पर्ने विषयहरु लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *