लमजुङमा १६ आर्मीसहित गण्डकीमा थप ३२ जनामा संक्रमण

आदर्श अनलाइन, पाेखरा

लमजुङ सुन्दरबजारस्थित आर्मी क्याम्पका १६ सहित गण्डकी प्रदेशमा आइतबार बिहान ३२ जना काेराना संक्रमित थपिएका छन् ।

स्याङ्जामा ४, कास्कीमा २, लमजुङमा १७ तनहुँमा १ र नवलपुरमा ८ जनामा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ |

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

काेराेना पुष्टि भएकी पाेखरा महानगरपालिका-१६ का २० वर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन्

स्याङ्जा जिल्ला, पुतलीबजार-३ का ७६ वर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुष मनिपाल अस्पतालमा उपचाररत छन् ।

गण्डकीमा हालसम्म काेराेनाबाट २३ जनाकाे मृत्यु भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *