बागलुङमा कार्यरत प्रहरी जवानको बुटवलमा टिप्परको ठक्करबाट मृत्यु

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत एक प्रहरी जवानको बुटवलमा सडक दुर्घटनामा परि ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट कपिलबस्तु नगरपालिका वडा नं ४ तौलिहवा घर भइ बागलुङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान सन्तोषी थारु घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट कार्यालयकै कामको शिलशिलामा बुटवल हिडेका श्रेष्ठ र थारु सवार स्कुटरलाई लु १ ख ८९९ नं को टिप्परले अगाडीबाट ठक्कर दिएको थियो । कार्यलयको काम सकेर घर पनि पुगेर फर्कने भन्दै कार्यालयबाट प्रहरीको पोशाकमै हिडेका श्रेष्ठ र थारुलाई टिप्परले स्कुटर सहित ५० मिटर पर सम्म लतारेको थियो ।

टिप्परको ठक्करबाट दाहिने खुट्टा चुडिएका श्रेष्ठको गुप्तांगमा समेत गम्भिर चोट लागेको र उपचारका क्रममा भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको रिजालले बताउनुभयो ।

दुर्घटनामा घाईते प्रहरी जवान थारुको दाहिने हात भाँचिएको छ । उहाँको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट टिप्पर नियन्त्रणमा लिएको भएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *