मगर संघले दियाे ढाेरपाटन बाढी पीडितलाई ९ लाख ३३ हजार

आदर्श अनलाइन, बागलुङ

नेपाल मगर संघको नेतृत्वमा ढोरपाटन बाढी पीडितलाई राहत रकम प्रदान गरिएको छ ।

नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ गण्डकी प्रदेश समिति, अन्तराष्ट्रिय मगर महासंघ, नेपाल मगर संघ जिल्ला समिति बागलुङ, नेपाल मगर संघ क्षेत्रीय समिति बुर्तिबाङ, नेपाल मगर संघ निसीखोला, नेपाल मगर युवा संघ केन्द्रीय समितिको व्यवस्थापन र संविधान सभा सदस्य नर बहादुर पुन निरजको समन्वयमा ढोरपाटनका बाढी पहिरो पीडित परिवारलाई राहत हस्तान्त्रण गरिएको हो ।

गत भदौ १७ गते रातीको बाढीका कारण घर परिवार गुमाए पीडितहरुलाई संस्थाको तर्फदेखि राहात उपलब्ध गराइएको हो । संघले मृतक परिवार, घाईते व्यक्तिहरु, घर पुर्ण क्षति र आंशिक क्षेति गरी ४ चरणमा आर्थिक सहयोग गरेको हो ।

आफ्ना धेरै अभिभावक गुमाएका र थोरै गुमाएका गरी २२ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको थियो ।

जस अनुसार मृतक परिवारहरुमा हेम बहादुर विक, हस्ते महेश विक ३६ हजार, चनि विक, निम प्रकाश विक ३२ हजार, कर बहादुर विक हस्ते सुरिमति विक २८ हजार, नारायण विक, कुलबहादुर विक २८ हजार कौशिला पुनसुरेन्द्र पुन २४ हजार, धनमाया विक २४ हजार, दर्शन पुनलाई २४ हजार प्रदान गरिएको थियो ।

त्यसै गरी हितन घर्ती, खिम कुमारी पुन, धु्रव घती, लहर बुढा मग सम्सेर विक, सम्सेर विक, छन बहादुर विक, रुपधन विक, थम प्रकाश घर्ती, चन्द्रकुमारी पुन, मनकुमारी विक हस्ते निम प्रकाश विक, निमार्ण विक, लाल बहादुर विक, कुल बहादुर विक, सदन घर्ती मगरलाई २०र२० हजारका दरले कुल रु २ लाख ९७ हजार रुपौया प्रदान गरिएको थियो ।

यसै गरि घाईतेहरु चन्द्र पुन, हितन घर्ती मगरलाई ५र५ हजार प्रदान गरिएको थियो । पूर्ण रुपमा घर क्षेति भएका ५४ घरधुरीका लागि प्रति परिवार रु ५ हजारका दरले २ लाख ७० हजार र आंशिक क्षेति पुगेका ४७ घरधुरीका लागि प्रति परिवार रु २५ सयका दरले रु १ लाख १७ हजार ५ सय हस्तान्त्रण गरीएको थियो ।

मगर सघं हङकङव्दारा रु २ लाख ५० हजार, मगर सघं यूके रवीडेन शाखाव्दारा ५० हजार, बाग्लुङ सेवा समाज क्यानाडाव्दारा रु ३ लाख, नेपाल मगर सघं क्षेत्रीय समिति बुर्तिबाङव्दारा रु १ लाख ४ हजार ५ सय, नेपाल मगर सघं निसीखोला कार्यसमितिव्दारा रु १ लाख ५० हजार, नेपाल वेलफेयर सोसाईटी शंकर थापाव्दारा रु ६० हजार २ सय ५०, नेपाल मगर संघ केन्द्रीय समितिव्दारा रु १३ हजार ७ सय ५०, गलकोट नगरपालिका ३ का विष्णु राणाव्दारा रु ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएसँगै संघले कुल रु ९ लाख ३३ हजार ५ सय पीडितलाई राहात उपलब्ध गराएको हो ।

राहात हस्तान्त्रण कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरीबहादुर घर्र्ती मगरकोे अध्यक्षता, सघंका अध्यक्ष नविन रोका मगरको प्रमुख आथित्यता, संविधान सभा सदस्य नर बहादुर पुन ९निरज०, ढोरपाटन नगरपालिका उप प्रमुख करमति पुन, गलकोट नगरपालिका उप–प्रमुख रेणुका काउचा, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा,निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, क्षेत्रीय मगर संघका सल्लाहकार निल बहादुर पुन, क्षेत्रीय मगर संघका अध्यक्ष गंग बहादुर घर्ती लगायत जनप्रतिनिधि, समाजसेवी, लगाएतको उपस्थितिमा पीडित परिवारलाई राहात हस्तान्त्रण गरीएको हो ।

कार्यक्रममा बोल्दै सघंका अध्यक्ष नविन रोका मगर र नर बहादुर पुन ९निरज०ले आफुहरुले पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउने उदेश्य स्वरुप आर्थिक संकलन अभियान सुचारु गरिएको र पीडितको लागि राहात हस्तान्त्रण गरीएको बताए ।

उनीहरुले आर्थिक सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई समेत धन्यबाद ज्ञापन गदैँ अन्य सहयोगी दाताहरुबाट सहयोग आउने क्रम जारी रहेकाले अर्को चरणमा फेरि आउने समेत बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *