‘ढोरपाटन नगरपालिकाले बाढी पीडितलाई थप पीडा दियो’–कांग्रेस

आदर्श अनलाइन, बुर्तिबाङ
ढोरपाटनका बाढी पीडितमाथि ढोरपाटन नगरपालिकाले अन्याय गरेको भन्दै नेपाली काँग्रेसले एक प्रेस विज्ञप्ती मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

गत भाद्र १७ गतेको बाढीका कारण ढोरपाटन नगरपालिका ७, ८ र ९ मा ज्यान गुमाएका, बेपत्ता बनेका तथा घरबार बिहिन बनेका पीडितलाई तत्काल गास र बासको व्यवस्थापनमा ध्यान नदिइ स्थानीय सरकारले पीडितलाई अन्याय गरेको नेपाली काँग्रेसले आरोप लगाएको हो ।

नेपाली काँग्रेस ढोरपाटन नगर समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । नगर सभापती सालिकराम शर्माले घटना भएको १० दिन बितिसक्दा समेत नगरपालिकाले पीडितको लागि संकलन भइसकेको राहात समेत पु¥याउन नसक्नु र स्वयम पालिकाबाट समेत कुनै राहातका कार्यक्रम तत्काल पीडित समक्ष पुर्याउन नसकी राहात लिएर जाने सहयोगी दाताहरुलाई समेत एकद्धार प्रणालीको दायरा बनाई पीडित माझ पुग्न नदिएर पीडितलाई थप पीडा दिने काम मात्र भएको बताउनुभयो ।

नगरपालिकाले लक्ष्मीकुण्ड पुलमा प्रहरी परिचालन गरेर राहात लिएर पीडितको माझ पुग्ने सहयोगी दाताहरुलाई समेत जान नदिई मानवीय शंवेदनाको समयमा राहात वितरणको नाममा सरकारी दम्भ देखाएर राहात बाड्न नदिनु मानवियताको संवेदनामा उपहास गरीएको र देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको स्थापना भइसक्दा समेत ढोरपाटन नगरपालिकामा राहात वितरण जस्तो संवेदनशील मानवीय कार्यमा निरंकुशताको जालो फिँजाउनु प्रजातन्त्र र लोकतन्त्र प्रति खिल्ली उडाएको आरोप लगाइएको छ ।

विश्वयुद्धमा समेत मानवीय सहयोग गर्ने काममा कुनै रोकतोक कहीँ कसैबाट नहुने विश्वव्यापी मान्यता प्राप्त आफनै आधारभुत सिद्धान्तमा संधै अहोरात्र जुट्ने रेडक्रस जस्तो संस्थाले राहात वितरण गर्न जाँदा बुर्तिबाङ बजारमा अवरोध सिर्जना गरी रोक लगाउने तथा भाद्र १९ गते दैवी प्रकोप स्थलमा पु¥याएको राहात सामग्री समेत ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षले आफ्नो मातहतमा राखी पीडितलाई वितरण नगरेको र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयबाट पठाइएको राहात सामाग्री यसरी बन्दी बनाएर राख्ने र स्थानीय रेडक्रसका सदस्यहरुलाई समेत वितरण गरौँ भन्दा उपलब्ध नगराउने अमानवीय कार्य अत्यन्त निन्दनीय रहेको जनाइएको छ ।

स्थानीय सरकारको अधिकारको नाममा व्याक्तिगत दम्भका आधारमा निरंकुशताको पराकाष्ट प्रर्दशन गर्ने कार्य प्रतिर्टी घोर भ्रत्सना गरेको विज्ञप्तीमा उल्लेख छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि टेकराज पौडेलले स्थानीय सरकारले राजनीतिक दल, संघसंस्था कोहिसँग पनि समन्वय नगरी एकलौटी तवरले अगाडी बढिरहँदा वास्तविक पीडितले राहात पाउन नसकेको स्मरण गराउँदै तत्काल सम्बन्धित पीडित माझ राहात पुर्याउनु पर्ने बताउनु भयो ।

पीडितको बस्ने, खाने समस्या छ । विधुत नहुँदा आफन्तसँग सम्पर्कमा रहन सकेका छैनन । स्वास्थ्य इकाई बाढिले बगाउँदा स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरीकले स्वास्थ्य सुविधा पाउन नसकेको, सडक अवरुद्ध भएका कारण पीडितले सहज रुपले राहात पाउन नसकको लगाएतका धेरै समस्या पिडितले झेलीरहनु परेको बताउँदै त्यसको तत्काले स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

आफनो पार्टीले घटना हुँदाकै दिनमा तत्काल राहात र उद्धारका कार्य गरेको र निरन्तर पीडितको माझमा पुग्ने, आर्थिक संकलन अभियानलाई अगाडी बढाउँदै पीडितलाई हस्तान्त्रण गर्ने कार्य भइरहेको बताउँदै तत्काल देशका विभिन्न स्थानमा सँकलन भइरहेको राहात हस्तान्त्रणको तयारी समेत भइरहेको बताउनुभयो ।

नगरपालिकाले एकद्धार प्रणाली अनुसार अगाडी बढ्दै गर्दा सहयोगी दाताहरुबाट आएको राहात सिधै पीडित माझ पुर्याउनु पर्ने वातावरण बनाउनु पर्ने, बुर्तिबाङमा राहात थन्क्याएर तमासा देखाउने कार्य तत्काल रोक्न आग्रह गर्दै हालसम्म संकलन भइरहेको राहातको विषयमा जनताको बिचमा जानकारी गराउनु पर्ने उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महादिवेशन प्रतिनिधि सोम पौवी, क्षेत्रिय सचिव नरजंग घर्ती, मेशलाल शर्मा लगाएतले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *