च्याउ खोज्न निस्केका सुवेदी तीन दिनदेखि सम्पर्कबिहीन

आदर्श अनलाइन, बागलुङ
जङ्गलमा च्याउ खोज्न गएका ताराखोलामा एक व्यक्ति सम्पर्कबिहीन भएका छन् ।

वडा नम्बर ३ हिल डोप्टाका ४६ वर्षीय हिरालाल सुवेदी शनिबार बिहान घरबाट च्याउ खोज्न भनी निस्केको रहालसम्म सम्पर्कमा नआएको स्थानीय कमल चोखालले जानकारी दिनुभयो ।

सम्पर्कबिहीन भएका सुवेदीको स्थानीयबासी र इलाका प्रहरी कार्यालय ताराखोलाको टोलीद्वारा खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक युवराज सलामीले बताउनु भएको छ ।

खोजी कार्यमा सहयोग गर्न वडा नम्बर ३ को वडा कार्यालयले अनुरोध गरेको वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *