जैमिनीमा पहिरोले पाँच घर पुरियो, एक वेपत्ता

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
अबिरल वर्षतका कारण आएको पहिरोले बागलुङमा आज विहान पाँच घर पुरिएका छन् भने एक जना वेपत्ता हुनुभएको छ ।

बागलुङ जिल्लाकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएर पूर्ण रुपमा क्षति भएका छन् भने एक जना वृद्धा वेपत्ता हुनुभएको हो ।

घरमाथि पहिरो खस्दा ६१ वर्षिय हरिकृष्ण पौडेलको घर पुरिदा पौडेल वेपत्ता हुनुभएको छ भने अन्य परिवारका पाँच जना सकुसल रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

यस्तै पहिरोले पवित्रा देबी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्रि र तारादेबि क्षतिको घरमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीका भनाई रहेको छ ।

घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *