जैमिनी पहिरो अपडेट : वेपत्ता वृद्धको शव भेटियो

आदर्श अनलाइन, बागलुङ
अबिरल वर्षातका कारण आएको पहिरोले घर पुरिदा आज विहान वेपत्ता हुनुभएको एक वृद्धको शव फेला परेको छ । पहिरोले पाँच घर पुरिएर पूर्ण क्षति भएका छन् ।

बागलुङ जिल्लाकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा पहिरोले घर पुरिदा वेपत्ता हुनुभएका ६१ वर्षीया हरिकृष्ण पौडेलको करिब पाँच घण्टाको प्रयासपछि शव फेला परेको छ ।

हरिकृष्ण पौडेलका अन्य परिवारका पाँच जना सदस्य सकुसल रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

पौडेलको शव स्थानीय तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट निकालिएको हो । पहिरोले मृतक पौडेल सहित पवित्रा देबी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्रि र तारादेबि क्षतिको घरमा पूर्ण रुपमा क्षति गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *