बागलुङका एसपी चौधरी हटाइए, लोकेन्द्र श्रेष्ठ आउँदै

आदर्श अनलाइन, बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ । उहाँको ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई बागलुङ पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकार र जनप्रतिनिधीसँग समन्वय गर्न नसकेको भन्दै चौधरीलाई जिम्मेवारी मुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ भन्दै रातोपाटीले समाचार प्रकाशन गरेको छ ।

बागलुङमा सुरुवा भएर आउँन लागेका एसपी श्रेष्ठको छवि पनि विवादित मानिन्छ । यसअघि विवादमा परेपछि श्रेष्ठलाई मकवानपुरको इन्चार्जबाट हटाईएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *