धौलागिरी अस्पतालमा उपचाररत एक बिरामी कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
धौलागिरि अस्पतालमा उपचाररत एक जना बिरामी कोरोना संक्रमण देखिएको छ ।

भदौ २५ गते अस्पतालमा भर्ना भएका बिरामीको २६ गते पिपिआर परिक्षणका लागि स्वाव निकालेर पोखरा पठाईएको थियो ।

सोमबार गरिएको परिक्षणमा उनीमा कोरोना संक्रमण पुष्टी भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताउननुभयो । उनले बिरामी भएर उपचारका लागि आएपछि अस्पतालमा भर्ना गरेर २६ गते स्वाव संकलन गरिएको र आज रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

उनी बागलुङ बागलुङ नगरपालिका—४ कुँडुलेका ५४ वर्षीय पुरुष भएको बताईएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई आईसोलेसनमा सारिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *